हिउँ परेपछि कसैलाई फोटो र टिकटक खिच्न भ्याइ-नभ्याई, कसैलाई कष्टकर

सिन्धुपाल्चाेक, १४ पुस/सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बु, त्रिपुरासुन्दरीको लब्से, बाह्रबिसेको सोताङ, गोब्रे, ओखरेनी, पाँचपोखरीको उच्च क्षेत्रमा हिमपात सुरु भएसँगै जनजीवन प्रभावित बनेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको शेर्माथान, आमा याङ्ग्री, तार्केघ्याङ, ठाडेपाटी, मेलम्ची घ्याङलगायत उच्च भूभागमा मंगलबारदेखि बाक्लो हिमपात सुरु भएको हो ।

बिहीबार बिहानैदेखि हल्का वर्षासहित हिमपात सुरु भएसँगै जिल्लाको उच्च भूभागमा जनजीवन प्रभावित बनेको हो । खासगरी हिउँका कारण बालबालिका र जेष्ठ नागरीक, पशुचौपाय मारमा परेका छन् । किसानहरू कामका लागि घरबाहिर निस्कन सकेका छैनन् । हिमाली क्षेत्रमा बाक्लो हिमपात परेपछि हिउँ खेल्नेहरुको चहलपहल बढेको छ । काठमाडाैं र नजिकको बजारबाट हिँउ खेल्नेहरू आउन थालेको मुडेमा होटल व्यवसाय सञ्चालन गर्दै आएका विनोद तामाङले बताए ।

यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पनि हिउँ परेको छ । भोताङ, बरुवाको लथाङ र बगाम, ग्याङ खर्क, गुन्साको च्योच्यो डाँडा, नागीडाँडा आसपासमा हिउँ परेको छ ।पाँचपोखरी थाङ्पाल गाउँपालिकाका माइते तामाङले भने, ‘बाहिर निस्किन सक्ने अवस्था छैन, बच्चा र बुढा आमाबुवालाई निकै गाह्रो भएको छ ।पशुचौपायलाई के खुवाउने कसरी जोगाउने भएको छ । घरको छानादेखि सडक, वनजंगल हिउँले ढाकेर सेताम्यै बनेका छन् ।’

शेर्माथानमा तीनदेखि चार इन्चसम्म हिउँ परेको छ । हिउँ परेपछि कोही फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न आतुर छन् भने कोहीलाई दिन बिताउन कष्ट भएको छ । हिमपात सुरु भएपछि सिन्धुपाल्चोकमा पनि चिसो बढेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।