बयलवासमा पाँच दिनदेखि निषेधाज्ञा, जनजीवन प्रभावित

एसवी थापा/सर्लाही, १६ पुस ।प्रहरीको भ्यानको ठ क्करबाट एक पुरुषको ज्यान गएको विषयलाई लिएर सर्लाहीको बयलबासमा जारी निषेधाज्ञा अझै हटेको छैन । गत मंगलवार दिउँसो ३ बजेबाट जारी निषेधाज्ञा नहट्दा जनजीवन प्रभावित हुन थालेको छ । पाँच दिनअघि प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुर नगरपालिका-५, सखुबनीस्थित खुबलाल टोलका ३० वर्षीय रामकुमार महतोको मृ त्यु भएको थियो । घटना शं कास्पद रहेको भन्दै आक्रोशित स्थानीय र बयलवास बजार क्षेत्रका ब्यापारीहरूसमेत आन्दोलित भएका थिए ।

मृ तक महतो बयलवास बजार क्षेत्रका फेन्सी पसल सञ्चालकसमेत हुन् । घटनालगतै उग्र बनेका स्थानीय प्रहरी र इलाका प्रहरी कार्यालय केशरगञ्जमा ढुंगामुढा गर्दै तो डफोडमा उत्रिएपछि गत मंगलबारबाट स्थानीय प्रशासनले त्यस क्षेत्रमा निषेधाज्ञा लगाएको थियो । बुधबार दिनभर लालबन्दीस्थित इलाका प्रहरी कार्यालय परिसरमा भएको छलफलबाट ६ बुँदे सहमति भएको थियो ।

स्थानीय प्रशासन र पीडित परिवारबीच भएको छलफल कार्यान्वयन नभएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी राखेको हो । छलफलमा भएको सहमतिअनुसार पीडित परिवारले शव नबुझेपछि शान्ति सुरक्षालाई ध्यानमा राखेर निषेधाज्ञा तेस्रोपटक थप गरिएको जिल्ला प्रशासन कार्यलय सर्लाहीले जनाएको छ । बिहिबार सूचना प्रकाशन गरेर जिल्ला प्रशासन कार्यालयले शुक्रबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको जनाएको छ ।

बुधबार लालबन्दीमा पीडित पक्ष, अन्य सरोकारवाला र सुरक्षा अधिकारीबीच भएको छलफलबाट घटनाको सम्वन्धमा अनुसन्धान गर्न समिति गठन गर्ने, मृ तकको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्नेलगायत ६ बुँदे सहमति भएपछि आन्दोलन भने रोकिएको छ । सहमतिअनुसार जिल्ला प्रशासन कार्यालय सर्लाहीले बिहीबार नै पीडित परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइदिन माग गर्दै गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

लगातार थपिएको निषेधाज्ञाका कारण बयलवास क्षेत्र सुनसान बनेको छ । बजार क्षेत्रका ब्यापार व्यवसाय बन्द भएपछि उद्योगी व्यापारीहरू मारमा परेका छन् । प्रशासनले निषेधाज्ञा लगाए पनि कुनै पनि बेला झ डपका घटना हुन सक्ने आशंकामा स्थानीय त्रसित बनेका छन् ।

निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्ने विपन्न परिवारको बिचल्ली भएको स्थानीय ठेला ब्यवसायी विकाउ साहले बताए । ‘यतिको लामो समय बजार बन्द भएको हामीलाई थाहा थिएन,’ उनले भने, ‘बजार बन्द भएपछि दैनिक ज्यालादारी गरेर गुजारा गर्ने हामी के गर्ने ?’ तथापि घटनाको निष्पक्ष छानविन हुनुपर्ने उनीहरूको माग छ ।

परिवारले शव बुझेन

घटनाको पाँच दिन बितिसक्दा पनि पीडित परिवारले महताेको श व बुझेका छैनन् । महतोको श व अहिले पनि जिल्ला अस्पतालल मंलगवाको श वगृहमा छ । मंगलबार अबेर भएको सहमतिअनुसार शव बुझेर पी डित परिवारले अनुसन्धानमा सहयोग गर्नुपर्ने प्रहरीको भनाइ छ । तर, परिवारजनले सहमति उल्लंघन गरेको उनीहरूका भनाइ छ । प्रहरीका अनुसार गत बुधबार भएको सहमतिपछि बिहीबार मृतकका परिवार शव बुझ्न भनेर मलंगवा पुगेका थिए । तर, पछि त्यसै फर्किएका छन् । मृ तकका परिवार चालकविरुद्ध जाहेरी दिन र शव बुझ्न भनेर आए पनि पछि अचानक त्यसै फर्किएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

विभिन्न प्रहरी युनिट तथा प्रदेश प्रहरी कार्यालय जनकपुरबाट समेत थप मद्दतमा ल्याएका प्रहरीहरूको कठ्यांग्रिदो चिसोमा बिजोग हुन थालेको छ ।बिहीबार मात्रै बयलवास घटनाबारे छानबिन गर्न प्रदेश प्रहरी कार्यालयले समिति गठन गरिसकेको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरले २ नं. प्रदेश दंगा नियन्त्रण प्रहरी गण ढल्केबर, धनुषाका प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्रप्रसाद फुँयालको नेतृत्वमा प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलाल प्रसाद जैसवार, प्रदेश २ प्रहरी कार्यालय जनकपुरधाम, धनुषाका प्रहरी निरीक्षक (इन्सपेक्टर) गोविन्दलाल कर्ण, सोही कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (सइ) प्रेमकुमार साह र संघीय प्रहरी एकाइ कार्यालय जनकपुरधाम, धनुषामा कार्यरत प्रहरी हवल्दार प्रमोदकुमार साह सहित पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

प्रहरीका अनुसार गत आइतबार राति ९ बजेतिर ईश्वरपुर नगरपालिका-७, स्थित नगरपालिका कार्यालय नजिकै गस्तीमा रहेको इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलबासको भ्यानले ठक्कर दिँदा ना४३प ५०१८ मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका-५, सखुबनी खुबलाल टोलका ३० वर्षीय महतोको मृत्यु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।