उच्चपहाडी भेगमा बाक्लो हिमपात, चिसोले जनजीवन प्रभावित

लमजुङ, ९ फागुन । मौसममा बदली आएसँगै लमजुङका उच्चपहाडी भेगमा बाक्लो हिमपातसहित वर्षा भएको छ । हिमपातले लमजुङका डाँडाकाँडा हिउँले ढाकेर सेताम्मे भएका छन् । आइतबार दिउँसोदेखि लमजुङको उच्चपहाडी भेगमा हिमपात भएको हो । लमजुङको क्व्होलासोंथर गाउँपालिका-३ मा रहेको स्मार्टभिलेज घलेगाउँमा आइतबार दिउँसोबाट भारी हिमपात भएको छ ।

पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका सचिव उमलबहादुर विकका अनुसार हिउँले घलेगाउँका डाँडाकाँडा सेताम्मे भएका छन् । समुद्री सतहदेखि २२ सय मिटर उचाइमा रहेको मस्र्याङ्दी गाउँपालिकाको घनपोखरामा पनि हिमपात भएको छ । स्थानीय सुलबहादुर गुरुङका अनुसार घनपोखरामा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ ।

मस्र्याङ्दी गाउँपालिका-३ को पर्यटकीय गाउँ सिउरुङमा पनि हिमपात भएको छ । यस्तै लमजुङको बेंसीसहर नगरपालिका–१० कल्मेडाँडास्थित पर्यटकीय ठाउँ पिसहिल स्टेसनमा पनि बाक्लो हिमपात भएको छ । पिसहिलका व्यवस्थापक होमलाल तामाङले समुद्री सतहबाट १९६५ मिटर उचाइमा रहेको कल्मेडाँडामा आइतबार दिउँसोदेखि हिमपात भएको बताए ।

घलेगाउँ, पिसहिलसहित मस्र्याङ्दी गाउँपालिकाको हर्सिङडाँडा, सिउरुङ, कालाघिरिङ र त्यसमाथिका लेकसमेत हिउँले ढाकेको छ । यस्तै पूर्वीभेगका दूधपोखरी, बराहपोखरी, मेमेपोखरीलगायतका उच्चपहाडी भेगमा समेत आइतबार दिउँसोदेखि हिमपात भएको छ । बाँझाखेतको खाँचे र गाउँभाचोकको बस्तीनजिकैको डाँडामा पनि बाक्लो हिमपात भएको छ । पूर्वी भेगका इलमपोखरी, विचौर र दूधपोखरी गाउँको उच्चपहाडी चुचुरोहरूमा समेत हिउँ परेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।