वर्षामा संकलन गरेको पानीले हिउँदे बाली सिँचाई, तरकारी बेच्दै किसान

प्रकाश पाक्साँवा,तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउपालिका ६ का घनश्याम ढकाललाई केहीवर्ष अघिसम्म खानेपानी जोहो गर्न सकस हुँदै आएको थियो ।
पशुचौपया र सिँचाईको कुरै भएन । करेसाबारीमा तरकारी उत्पादन हुँदैन थियो । नजिकै रहेको शुक्रबारे बजारबाट तरकारी किनेर खानुको विकल्प नै थिएन । तर,अहिले अवस्था फेरिएको छ ।

आफ्नै करेसाबासीमा तरकारी उत्पादन गरी बिक्री समेत गर्दै आएका छन् । खानेपानी कै अभाव भएको बस्तीहरुमा प्लाष्टिक पोखरीमा बर्खादमा पानी जोहो गरी हिउँदमा सिँचाई गर्न थालेपछि अबस्था फेरिएको हो । ढकाल बर्खाका परेको पानी यही पोखरीमा संकलन गर्ने गरेका छन र हिउँदमा तरकारी,फलफुलमा सिँचाई गर्दै आएका छन् । ‘पानीको मुहान सुक्दै जाँदा खानेपानी कै समस्या थियो तर स्थानीय सरकारले अनुदानमा प्लाष्टिक पोखरी दिएपछि सिँचाई गर्न ठूलो राहत बनेको छ’, उनले भने ।

ढकाल भन्छन् ‘हामीले खानेपानी नै समस्या थियो तरकारीमा सिँचाई गर्न त झन परैको कुरा तरकारी किनेरै खानु पथ्यो तर, हामी अहिले तरकारी बेच्न थालेका छौ ।’ ढकाल जस्तै गुमान सिंह कार्कीले प्लाष्टिक पोखरीमा पानी जोहो गरी तरकारीमा सिँचाई गर्दै आएका छन् ।

करेसाबासीमा अकबरे,आलु,प्याज,लसुन लगायतका तरकारी खेती गर्दै आएक छन् ।

गाउँमा रहेका निक्कै प्रसिद्ध धारा तथा कुवाहरु सुक्ने क्रम दिनानु दिन बढ्दो छ । तेह्रथुम जिल्लाको खासगरी सुख्खाग्रस्त क्षेत्रमा पानीको मुहान सुक्दै गएपछी खानेपानीको समस्या झेल्दै आएका नागरिकहरु । स्थानीय सरकारको पहलमा सञ्चालन भएका खानेपानी आयोजनाले मानिसले खान टरेपनि बस्तु चौपया र सिचाँईका लागी भने समस्या भईरहेको बेला यहाँका किसानहरुले नयाँ जुक्ती निकालेका हुन्।

पानी कै अभावका कारण सिँचाई गर्न नसक्दा तरकारी किनी खाने यहाँका किसानहरु अहिले तरकारी बिक्रीबाटै मनग्य आम्दानी लिन थालेका छन् । गाउँका प्रायजसो घरमा प्लाष्टिक पोखरी बनाएका छन् । पानी पर्दा घरको छतबाट झर्ने पानी पाईपबाट पोखरीमा संकलन गर्ने गरेका छन् । हिउँदे बालीका लागी पानी नभए पनि बर्षादको पानी संकलन गरी सिँचाई सकिने यहाँका किसानले उदाहरण दिएका छन् ।

सुख्खाग्रस्त क्षेत्रका किसानहरुलाई लक्षित गरी कार्यक्रम ल्याइएको छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । स्थानीय सरकार गठन भए देखी नै नागरिकहरुका समस्यालाई मध्यनजर गर्दै बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको तिगेलाको भनाइ छ ।

गाउँपालिकाले कृषकको साझेदारीमा पोखरी अनुदानमा प्रदान गर्दै आएको कृषी शाखा प्रमुख छथर हिमबहादुर थापाले बताए । किसानलाई समय समयमा तरकारी तथा फलफुल खेती सम्बन्धी बिभीन्न कार्यक्रमहरुका साथै सल्लाह र परामर्श दिँदै आएको प्रमुख थापाको भनाई छ ।

जिल्लाको खासगरी पश्चिमी क्षेत्रमा प्लाष्टिक पोखरी प्रभावकारी बन्दै गएको छ । आङदिम, हमरजुङ, पञ्चकन्या, फाक्चामारा, ओख्रे र सुदाप लगायतका गाउँहरुमा पोखरी बनाई किसानले सिँचाई गर्दै आएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।