खोटाङको गाउँ–गाउँमा जनचेतनामूलक कचहरी नाटक

खोटाङ, ११ फागुन । खोटाङको ६ स्थानमा जनचेतनामूलक कचहरी नाटक प्रदर्शन गरिएको छ । साइनो कला केन्द्रले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मा, दिक्तेल बहुमुखी क्याम्पस, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपा, दिक्तेल इङ्लिस बोर्डिङ स्कुल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा जनचेतनामूलक कचहरी नाटक प्रदर्शन गरेको हो ।

वैदेशिक रोजगारमा गएका व्यक्तिको घरपरिवारमा लगाइने लाञ्छना कम गर्ने, घरमा हुने बुवाआमाको पारिवारिक बेमेल र झैझगडाको कारण बालबच्चामा पर्ने असर न्यूनीकरण गर्ने लगायतका सन्देश प्रवाहका लागि जनचेतनामूलक कचहरी नाटक प्रदर्शन गरिएको साइनो कला केन्द्र खोटाङका अध्यक्ष प्रमोद श्रेष्ठले बताए ।

फागुन ९ गते सोल्माबाट सुरु गरिएको जनचेतनामूलक कचहरी नाटक प्रदर्शन बुधबार दिक्तेल इङ्लिस बोर्डिङ स्कुल हुँदै बुइपामा पुर्‍याएर टुङ्ग्याइएको छ । कचहरी नाटक हेर्न स्थानीयको बाक्लो भिड लागेको थियो । कचहरी नाटकले अधिकांशको मन जितेको साइनो कला केन्द्रको दाबी छ । सोही जनचेतनामूलक कचहरी नाटक ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको दुई स्थानमा प्रदर्शन गरिने कला केन्द्रका अध्यक्ष श्रेष्ठले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा साइनो कला केन्द्रले गाउँ–गाउँमा पुगेर कचहरी नाटक प्रदर्शन गरेको हो ।

अनिल सुब्बाले निर्देशन गरेको जनचेतनामूलक कचहरी नाटकमा पवित्रा राई, कविराज राई, सञ्जीव राई, योगीन राई, सविना राई, निरुता खत्री, रोजिना खत्री, कौशिला राई र दीपेन्द्र राईको अभिनय रहेको छ । साइनो कला केन्द्रमा कचहरी नाटक सम्बन्धी १० दिने वर्कसपपछि कचहरी नाटकलाई गाउँ–गाउँमा पुर्‍याइएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।