अदुवा खेतीतर्फ किसानको आकर्षण बढ्दै

नवलपरासी । पूर्वी नवलपरासीका किसान अदुवा खेतीतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लामा अदुवा उत्पादन राम्रो हुने र बजारीकरणमा कुनै समस्या नभएकाले अदुवा खेतीतर्फ किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बागवानी विकास अधिकृत शङ्कर पौडेलले पछिल्लो समय अदुवा खेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा समेत वृद्धि हुँदै गएको बताउनुभयो । आर्थिक वर्ष २०७६÷७७ मा जिल्लाको ८७० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएकामा आठ हजार ९९० मेट्रिक टन उत्पादन भएको पौडेलले बताउनुभयो । त्यस्तै आव २०७७÷७८ मा ९०० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिँदा नौ हजार ८०० मेट्रिक टन उत्पादन भएको पौडेलको भनाइ छ ।

चालु आव २०७८÷७९ मा जिल्लाको ९५० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएकामा नौ हजार ९५० मेट्रिक टन अदुवा मात्रै उत्पादन भएको छ । अदुवा खेतीको विस्तार भए पनि उत्पादकत्व भने खासै बढ्न नसकेको सूचना अधिकारी पौडेलले बताउनुभयो । जिल्लामा पछिल्ला तीन वर्षको अवधिमा अदुवाको उत्पादकत्व प्रतिहेक्टर १०.३७ मेट्रिक टनदेखि १०.८९ मेट्रिक टन मात्रै रहेको पौडेलको भनाइ छ ।

जिल्लामा उत्पादन भएको ताजा अदुवा स्थानीय बजारसँगै काठमाडौँ, पोखरा, नाराणगढ, बुटवलसहितका बजारमा बिक्री हुने गरेको उल्लेख गर्दै सूचना अधिकारी पौडेलले बढी भएको अदुवाको सुठो बनाएर बिक्री गर्ने गरिएको जानकारी दिनुभयो । अन्य खेती नहुने खाली जमिनमा पनि अदुवाको उत्पादन हुने भएकाले कृषक अदुवा खेततर्फ आकर्षित भएका पौडेलले बताउनुभयो । जिल्लाको पहाडी क्षेत्रमा अदुवा खेती राम्रो हुने गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।