मोरङको रानीदेखि सुनसरीको तरहरासम्मको सडक एक महिनाभित्र सम्पन्न हुने

विराटनगर, १२ फागुन (रासस)ःमोरङको रानीदेखि सुनसरीको तरहरासम्म निर्माण भइरहेको छ लेनको बाटो आगामी एक महिनाभित्र सम्पन्न हुने भएको छ ।

रानीदेखि तरहरासम्मको करिब ३७ दशमलव चार किमी सडक करिब रु छ अर्बभन्दा बढीको लागतमा निर्माण गर्ने गरी आठ वर्षअघि ठेक्का भएको थियो । पाँच वर्षभित्रमा निर्माण कार्य सम्पन्न हुने गरी लागेको ठेक्का अहिलेसम्म पनि पूर्ण रुपमा निर्माण हुन सकेको छैन् । योजनाको सुनसरीको दुहबी बजार क्षेत्र र सुनसरीकै दुहबीस्थित बूढी खोलामा निर्माण हुने पुल कहिलेसम्म सम्पन्न हुने हो, त्यसको यकिन हुन सकेको छैन ।

दुहबी बजारमा करिब ढेढ किमी बाटो स्थानीयवासीले नछाडेकाले योजनाको काम अघि बढ्न नसकेको सो सडक योजना इटहरीका प्रमुख बद्री शर्माले बताउनुभयो । सो सडक निर्माण नभएपछि यसबाट उत्पन्न भएको समस्या र योजनाको काममा भएको ढिलाइप्रति अभिरुचि राख्दै जिल्ला प्रशासन कार्यालयले आज राखेको अन्तक्र्रिया कार्यक्रममा सहभागीले यो सडक निर्माणमा निकै ढिलाइ भएको बताएको छ ।

बाटो निर्माणमा भएको ढिलाइका कारण जनताले धेरै समस्या भोगेको बताउँदै उनीहरुले छ लेनको बाटो बनाउँदा गरिएको डिपिआरमा निकै त्रुटी भएको, वर्षातको पानी निकास हुन नसक्दा विराटनगर क्षेत्रको वडा नं १३, १५, १६ डुबानमा परेको र वडा नं १४ एकीकृत भन्सार जाँच चौकी विराटनगरको बाटो निर्माण भएको कारण डुबान पर्ने गरेकाले यसतर्फ योजनाको ध्यान जानुपर्ने बताएका छन् ।

सडक निर्माण हुँदै गर्दा खण्ड–खण्डमा भत्किन पनि सुरु भएकाले योजनाको डिजाइनमा निकै त्रुटी भएको सहभागीले बताएका छन् । कछुवा तालमा बनेका यो सडकका कारण दुर्घटना भइरहेको, सडक बत्ती लाग्न नसकेको, सडकमा जहीत्यही डिभाइडर राख्नाले सडक वारपार गर्ने मानिसले दुर्घटना व्यहोर्नुपरेको समस्या मात्र होइन, यसले योजनाले समयमै निर्माण कम्पनीलाई आ–आफ्नो जिम्मेवारी पूरा गराउनेतर्फ ध्यान नदिएको गुनासो सहभागीहरुले गरेका छन् ।

सहभागीले सुनसरीको इटहरीदेखि तरहरासम्मको बाटो अन्तर्राष्ट्रियस्तरको हुने र इटहरीदेखि मोरङ रानीसम्मको बाटो अवस्था निकै कमजोर देखिएकाले योजनाको लापार्वाही नै हो की भन्ने प्रश्न पनि गरेको थियो । सो अवसरमा नेपाली कांग्रेस विराटनगर महानगरपालिका समितिका सभापति दीपक चापागार्इं, नेकपा एमाले विराटनगर समितिका अध्यक्ष सागर थापा, जनता समाजवादी पार्टी विराटनगर महानगर समितिका उपाध्यक्ष मोहम्मद नसरुल, (नेकपा माओवादी) केन्द्रका नवीन पौडेल, नेपाल उद्योग वाणिज्य परिसङ्का प्रतिनिधि दीपक पौडेल, मोरङ व्यापार सङ्घका प्रतिनिधि पवन साह लगायतले सो सडकको निर्माणमा देखिएको समस्याको अन्त्य गर्दै यसको सौन्दर्यकरणमा पनि जोड दिनुपर्ने बताउनुभयो ।

ट्राफिक प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले विराटनगर महानगरपालिकामा सिटी सफारी सङख्या आवश्यकता भन्दा बढी भएकाले दुर्घटना बढेको जानकारी दिँदै योजना कसैको घर, पसल, पेट्रोलपम्प, होटल र रेष्टुरेन्ट आगाडि सडक डिभाइडर राखेकाले पनि दुर्घटना बढेको बताउनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सबैको प्रतिबद्धता र निरन्तरताले मात्र योजना दुरुस्त र राम्रो बन्ने भन्दै नागरिक सुरक्षाका निम्ति कसैसँग सम्झौता नगर्ने कुरामा जोड दिनुभयो । उहाँले छ लेनको बाटोबाट उत्पन्न समस्यालाई समाधान गर्न योजना प्रमुखलाई निर्देशन पनि दिनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगर बजारको व्यस्तालाई ध्यानमा राखेर आकाशे पुल बनाउन लागेको जानकारी दिँदै नगर क्षेत्रको छ लेनको बाटोमा सौन्दर्यकरण गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

योजना प्रमुख बद्री शर्माले आफू यस योजनामा आउनुभन्दा पहिले नै यसको डिजाइन भएको जानकारी दिँदै सडकका कारण नागरिकलाई हुने हानी नोक्सानीलाई न्यूनीकरण गर्ने तर्फ ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले इटहरीदेखि तरहराको बाटो राम्रो हुनु र इटहरीदेखि मोरङको रानीसम्मको बाटो नराम्रो हुनुमा नागरिक नै जिम्मेवार छ भन्दै अतिक्रमणले उब्जाएको समस्या कर्मचारीले कसरी समाधान गर्न सक्छ भनी प्रश्न गर्नुभयो ।

उहाँले सडकको सौन्दर्यकरणमा योजनाले कसैसँग अनुदान वा सहयोग नमाग्ने भन्दै यसका लागि योजनाले सक्ने जति खर्च गर्ने बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।