सुर्नया गाउँपालिकाका जनप्रतिनिधि लाखाैं खर्चेर लुम्बिनीदेखि इलाम भ्रमणमा

बैतडी, १७ फागुन । आगामी ३० वैशाखमा स्थानीय तहकाे निर्वाचन हुँदैछ । तर, बैतडीको सुर्नया गाउँपालिकाका केही जनप्रतिनिधि कार्यकालकाे उत्तरार्धमा लुम्बिनी र इलाम भ्रमणमा निस्केका छन् ।

१० फागुनमा भ्रमणमा निस्केकाे टाेली आज इलामबाट फर्कँदैछ ।

कार्यकाल सकिनैलाग्दा जनप्रतिनिधिहरु कर्मचारीसहित भ्रमणमा गएका हुन् । वडा नम्बर १ का वडाअध्यक्ष गजेन्द्र चन्द, २ का वडाअध्यक्ष हर्क पाण्डे, ३ का वडाअध्यक्ष दिलाराम भट्ट, ४ वडा वडा अध्यक्ष दिनेश भट्ट, गाउँसभा सदस्य प्रकाश लुहार, पुष्पा पाल चन्द र हेमा भट्ट जिल्लाका विभिन्न स्थानीय तहमा पुगे । उनीहरुसँग सामाजिक परिचालक दमन्ती ऐर, न्यायिक समितिमा कार्यरत रामसिंह महरा, लघुउद्यम विकास कार्यक्रममा कार्यरत धर्म मडै, रोजगार शाखाका प्राविधिक लोकेश विष्ट, रोजगार शाखा प्रमुख सुरेन्द्र धामी पनि थिए ।

भ्रमण टोलीमा सहभागी सुर्नया-३ का वडाअध्यक्ष दिलाराम भट्टले भने, ‘इलामको चिया बगान, केही कृषि तथा पशु फार्ममा पुग्यौँ । अवलोकन भ्रमण गरिरहेका छौँ ।’

सुर्नया- ४ का वडाअध्यक्ष दिनेश प्रशाद भट्टले आगामी नेतृत्वलाई सुझाव दिन भ्रमणमा निस्केको जिकिर गरे ‘सुरुका वर्षदेखि नै भ्रमणमा जाने योजना थियो, विविध कारणले रोकिएको हो, अहिले निस्केका छौँ, हाम्रो अन्तिम कार्यकाल भए पनि अब आउने प्रतिनिधिलाई सुझाव-सल्लाह दिन सकिने छ,’ उनले भने ।

गत पुसमा बसेको गाउँ कार्यपालिका बैठकबाट अन्तरपालिका स्तरीय भ्रमणमा जाने निर्णय भएकाे थियाे । भ्रमण टोलीले पेस्कीको रुपमा ५ लाख लगेको लेखा शाखा प्रमुख प्रेमराज भट्टले बताए । भ्रमणका लागि ८ लाख रकम छुट्याइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत कमलापती भट्टका अनुसार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य सहितको १६ जनाको कार्यपालिकाको टोली र पाँच जनासम्म कर्मचारी भ्रमणमा जाने निर्णय भएकाे थियाे । तर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत भने भ्रमणमा गएका छैनन् ।

गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले कार्यपालिकाबाट अनुशिक्षण भ्रमणको रुपमा जाने निर्णय भएकाे बताए । ‘केही साथी भ्रमणमा गएका छन् म गइँन,’ उनले भने ।

वडाध्यक्ष बाेहरा भन्छन्- कार्यकालकाे अन्तिममा भ्रमण जानुकाे अर्थ छैन

कार्यकालकाे अन्तिममा हुने भ्रमणको औचित्य नभएकाले आफू सहभागी नभएको वडा नम्बर ८ का अध्यक्ष आनन्द बोहराले बताए । उनले भने, ‘सुरुका वर्ष भ्रमणमा जान प्रस्ताव मैले पनि गरेको हुँ । त्यतिखेर जान सकिएन । अहिले अन्तिममा आएर भ्रममणमा जानुकाे अर्थ छैन । जनतालाई के जवाफ दिने ?’

अन्यत्र पालिकाका राम्रा अभ्यासकाे अनुशरणका लागि भ्रमण आवश्यक रहे पनि अहिले अर्थ नरहेकाे उनकाे भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।