प्रेसर कुकर ब’म सेनाद्वारा निष्कृय

नेपालगञ्ज, १७ फागुन । बाँकेको खजुरा बजारको मनकमना चोक (हाकाे पृथ्वी चोक)मा अज्ञात समूहले राखेको प्रेसर कुकर ब म नेपाली सेनाले निष्कृय पारेकाे छ ।

चोकमा रहेको राष्ट्रिय झण्डा मुनि राखिएको प्रेसर कुकर बममा ‘नोएमसीसी’ लेखिएको थियो । सो स्थानमा बम राखिएको बिहान ७ बजे सूचना पाएकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक मधुसूधन न्यौपाने जानकारी दिए ।

चोकमा रहेको राष्ट्रिय झण्डा मुनि ब म राखिएपछि नेपालगञ्ज–गुलरिया सडकखण्ड बिहान सवा ११ बजेसम्म अवरुद्ध भएको थियो । नेपाली सेनाको नम्बर ४ बाहिनी अड्डा, भैरबप्रसाद गण इमाम नगर राँझा ब्यारेकबाट खटिएकाे टोलीले बम निष्कृय पारेको हाे ।

सो टोलीले बिहान ११ः४ मिनेटमा विष्फोट गराई ब म निष्कृय पारेको हो । खजुराको बजारमा नै ब म राखेपछि स्थानीय बिहानैदेखि त्रसित बनेका थिए । ब म डिस्पोज गरेसँगै बिहानैदेखि अवरुद्ध भएको नेपालगञ्ज गुलरिया सडक सुचारु भएको छ । घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।