यस्तो बन्यो भक्तपुरको रानीपोखरी, सर्वसाधारणका लागि खुला

भक्तपुर, १७ फागुन । भक्तपुरको ऐतिहासिक रानीपोखरीको जिर्णाेद्धार सकिएको छ । पोखरीको मंगलबार एक कार्यक्रमबीच उदघाटन गरियो । पोखरीको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उदघाटन गरेका हुन् । पोखरी मंगलबारदेखि नै सर्वसाधारणका लागि प्रवेश खुला गरिएको छ ।

पोखरी पहिले नेपाली सेनाको कव्जामा थियो । साथै घाँसे मैदानको रूपमा थियो । तर अहिले त्यही पोखरीलाई आकर्षक बनाइएको छ । रानीपोखरी १५ सय रोपनी ५ आना २ पैसा नापीमा उल्लेख छ । यसको उत्तरमा तीन सय ७७ फिट, दक्षिणमा तीन सय ७६, पूर्वमा दुई सय २१ फिट र पश्चिममा दुई सय २० फिट रहेको छ ।

रानीपोखरीको काम डिजाइनअनुसार नभईकन उत्खननको आधारमा अघि बढाएको थियो । रानीपोखरीमा पुनः निर्माण मात्र नभई जिर्णोद्धार र नवनिर्माणको काम भएको भएको भक्तपुर नगरपालिकाले जनाएको छ । नागको अवशेष राख्ने ठाउँ जिर्णोद्धार गरिएको हो भने नाक नयाँ बनाएर हालेको हो । वाउन्डरी वाल (पर्खाल), पेटी, बाटो, डबली नवनिर्मित हुन् भने उत्तर र दक्षिण खण्डको दबु जिर्णोेद्धार गरिएको हो ।

रानीपोखरीको सुरुआतमा घाँस मात्र सफा गर्न नगरपालिका ८५ लाख स्टिमेट गरेको थियो । जसमा १७ लाख १६ हजार ३ सय ७४ रुपैयाँ खर्च भएको जनाएको छ । रानीपोखरीको पुनर्निर्माण १ माघ ०७५ बाट सुरु भएको थियो ।

पोखरीका लागि कुल चार करोड ४१ लख १९ हजार एक सय ६४ रुपैयाँं २९ पैसाका लागत स्टिमेट निकालिएको थियो । तर लागत स्टिमेटभन्दा झन्डै आधा खर्चमै काम सकेको भक्तपुर नगरपालिकाले जनाएको छ । कुल दुई करोड ५४ लाख ८३ हजार पाँंच सय ८७ रुपैयाँं ४७ पैसाबाट काम सम्पन्न भएको नगरपालिकाले जनाएको छ । उपभोक्ता समितिबाट काम भएकाले लागतभन्दा आधा सस्तोमा काम सकिएको हो ।

पोखरी भक्तपुर सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालय परिसरमा छ । २०४० सालतिर सैनिक तालिम केन्द्र निर्माणका लागि जग्गा अधिग्रहण भएसँगै सुरक्षाको कारण देखाउँदै रानीपोखरी क्षेत्रमा आवतजावत गर्न बन्द गरिएको थियो ।

वर्षको दुई दिन दिगु पूजा (कूलदेवताको पूजा) गर्न भने त्यहाँ जान खुला गरिँदै आएको छ । सेनाले नियन्त्रणमा राखेको पोखरी खुला गर्न स्थानीयवासीले वर्षौंदेखि माग गरिरहेका थिए । भक्तपुरका राजा जगज्योति मल्लले १६८७ सालमा रानी राजलक्ष्मीको सम्झनामा पोखरी बनाउन लगाएको बताइएको छ । त्यसको करिब ४० वर्षपछि मात्र प्रताप मल्लले काठमाडौंको रानीपोखरी बनाउन लगाएका थिए ।

भक्तपुर नगरपालिकाको पहलमा सर्वसाधारणका लागि पुनः खुल्ला गर्ने गरी मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण कार्य भएको हो । रानीपोखरीलाई पनि पर्यटकीयस्थलको रूपमा प्रयोग गर्ने योजना छ । भक्तपुरको सल्लाघारीस्थित रानीपोखरी काठमाडौंको रानीपोखरीभन्दा ४० वर्ष अगाडि बनेको सार्वजनिक गरिएको थियो । भक्तपुरको रानीपोखरीको पुरातात्विक नाम ‘न्हु पुखु’ रहेको जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।