विद्यालयमै स्वास्थ्य शिविर

दार्चुला, १८ फागुन । विद्यार्थीहरूको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य कार्यालय दार्चुलाले विद्यालयमै शिविर सञ्चालन गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको कान, दाँत र आँखाको चेकजाँच तथा उपचारका लागि दार्चुला जिल्लाभरिका १७ विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए ।

दार्चुलाका नाैवटा स्थानीय तहहरूका दुई/दुई वटा विद्यालयहरुमा यो शिविर शिविर सञ्चालन गरिनेछ । सम्बन्धित् स्थानीय तहसँगको समन्वयमा बढी विद्यार्थी संख्या भएका विद्यालयहरू छनोट गरि स्वास्थ्य शिविर सञ्चालन गरिने कार्कीले बताए ।

हाल ब्यास गाउँपालिका र दुँहु गाउँपालिकाको विद्यालयहरुमा स्वास्थ्य शिविर सम्पन्न भएको छ भने अन्य स्थानीय तहका विद्यालयमा शिविर सञ्चालन हुन बाँकी छ । दुँहु गाउँपालिकाको धारीपाटा मावि धारीमा १२ फागुन र गौरीलमाण्डौ मावि हिकिलामा १३ फागुनमा शिविर सम्पन्न भएको छ । त्यसैगरी ब्यास गाउँपालिकाको हिमालय मावि हुतिमा १५ फागुन र सम्पाल मावि सुन्सेरामा १६ फागुनमा शिविर सम्पन्न गरिएको कार्कीले बताए ।

यी चारवटा विद्यालयहरूका करिब एक हजार ४०० विद्यार्थीहरूको स्वास्थ्य परिक्षण गरिएको छ । जसमध्ये आँखा परीक्षण सबैको गरिएको र कान तथा दाँतको परीक्षण समस्या भएका विद्यार्थीहरूकाे मात्र गरिएको कार्कीले बताए ।

प्रत्येक विद्यालयमा दाँत र कानसम्बन्धी समस्या भएका ३०/४० जना विद्यार्थी भेटिएका छन् । उनीहरूलाई औषधि वितरण गरिएको उनले बताए । विद्यार्थीहरूको आँखा, कान र दाँत परीक्षणका लागि स्वास्थ्य कार्यालय दार्चुलाबाट तथा आँखा उपचार केन्द्रबाट दुई जनाको टोली आवश्यक परीक्षण सामग्री तथा औषधि बोकेर विद्यालयमा पुगेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।