बिमा गर्न अझै हिच्किचाहट

तेह्रथुम, १८ फागुन । जीवन बिमाको उपयोगिता नबुझ्दा बिमा गर्न अझै नागरिकहरु हिच्किचाउने गरेका छन् । गाउँ टोलसम्म बिमासम्बन्धी ज्ञान र त्यसको महत्व पुर्याउन नसक्दा नागरिक बिमा गर्नबाट बञ्चित छन ।

बिमामा गरेको लगानी सुरक्षित हुने वा नहुने बारे अन्यौल भएका नागरिकहरूलाई बिमा अभिकर्ताहरूले बुझाउन नसक्दा जोखिमबाट मुक्त हुन नसकेको तेह्रथुमको सदरमुकाम म्याङलुङमा आयोजित जीवन बिमासम्बन्धी सेमिनारमा सहभागीहरूले बताएका छन् ।

हरेक नागरिकले जीवन बिमाको महत्वको बारे ज्ञानको कमी रहेको कार्यक्रममा सहभागी निता लिम्बूले बताइन । उनले भनिन्, ‘बिमा बारे तालिम भए पनि अझै गाउँगाउँमा यसको महत्व बुझ्न सकेका छैनन् । केही जान्ने बुझ्नेले बिमा गरे पनि सबै नागरिकसम्म यसको सूचना पुगेकै छैन त्यसैले बिमा गर्न मान्दैनन् ।’

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड तेह्रथुम उपशाखाले आयोजना गरेको सेमिनारमा जिल्लाका ६ वटै पालिका गरी ६० जना सहभागी थिए । कार्यक्रममा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदेश १ का प्रमुख मदन गौतमले जीवन बिमाको महत्व, फाइदा, विशेषता, बिमा क्षेत्रबाट गर्न सकिने आम्दानी र बचतको बिषयमा प्रशिक्षण दिएका थिए ।

बिमाको महत्व बारे बिमा अभिकर्ताहरूले आफू पनि अध्यायन गरी नागरिकहरूसम्म पुर्याउनु पर्ने ज्योति लाईफ इन्स्योरेन्स तेह्रथुमका प्रमुख टिआर सेनेहाङले बताए । ज्योति लाइफ इन्स्योरेन्सले ३५ प्रकारका घातक रोगको लागि सेवा दिने भएकाले पनि नागरिकलाई बिमा गर्न आवश्यक रहेको सहभागीले धारणा राखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖