धानको समर्थन मूल्य किसानले घर-घरमै पाउँदै

झापा, १९ फागुन । गौरीगञ्ज-१ महाभाराका किसान इन्द्रनारायण राजवंशी विगतमा काँटामा धान बेच्थे । उनले कहिल्यै सरकारले तोकेको समर्थन मूल्य पाएका थिएनन् । तर, गत वर्षदेखि सरकारले तोकेको धानको मूल्य पाउन थालेका छन् ।

उनले घरैबाट धान बिक्री गर्न थालेका छन् । ‘पहिला त लागत पनि उठ्दैन थियो । अहिले सहकारीले घरमै गएर खरिद गर्छ,’ उनले भने, ‘राम्रो मूल्य पाएका छौँ । खेती गर्दा केही हुन्छ भन्ने लाग्न थालेकाे छ ।’ प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत धान सुपरजोन कार्यान्वयन इकाई झापामार्फत झापाका दुई सहकारी सूचीकृत भएर किसानका धान खरिद गरिरहेका छन् ।

महाभाराको साना किसान कृषि सहकारी संस्था र महारानी झोडा साना किसान कृषि सहकारी संस्थाले सरकारले तोकेको मूल्यमा धान खरिद गर्दै आएका छन् । सुपरजोन झापाका प्रमुख रवीन्द्र सुवेदीका अनुसार महारानी झोडाले करिब १५ हजार क्विन्टल र महाभाराले करिब साढे सात हजार क्विन्टल धान खरिद गरेको बताए ।

‘उहाँहरूले किसानको धान सरकारले तोकेको मूल्यमा खरिद गर्नुहुन्छ । जसबापत व्यवस्थापन खर्च भनेर सरकारले प्रति क्विन्टल एक सय १२ रुपैयाँ अनुदान दिन्छ,’ उनी भन्छन्, ‘सरकारले तोकेको न्यूनतम समर्थन मूल्य किसानले पाएका छन् ।’ विगतमा चारवटा सहकारी आबद्ध थिए । तर, गत कत्तिकमा बेमौसमी वर्षाले धानबालीमा असर पार्दा बाँकी दुई सहकारी भने सूचीकृत हुन नमानेको उनी बताउँछन् ।

सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार मोटा धान प्रतिक्विन्टल दुई हजार ७५२ र मध्यम धान दुई हजार ९०२ मा खरिद गरिरहेको महाभारा साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक गंगाप्रसाद ढुंगानाले बताए । ‘नजिकैका किसानले हाम्रो स्टोर घरमै ल्याउनुहुन्छ ।

टाढाका किसानको घरघरमै गएर समर्थन मूल्य दिएर ल्याउँछौँ,’ उनले भने, ‘पैसा भने किसानहरूको खातामा हालिन्छ । किसानहरू खुसी हुनुहुन्छ ।’ मोटा र मध्यम गरेर यो सहकारीले करिब साढे सात हजार क्विन्टल धान किसानबाट खरिद गरेको छ । तर, अहिले बजारमा धानको मूल्य निरन्तर ओरालो लाग्दा समस्या भएको उनी बताउँछन् । ‘धानको मूल्य निरन्तर ओरालो लागिरहेको छ । किसानको पैसा भुक्तानी गर्न बाँकी छ । हामीले धान बेच्न नपाएसम्म कसरी दिने ?,’ व्यवस्थापक ढुंगाना भन्छन्, ‘सरकारले हामीले संकलन गरेको धान खरिद गरिदिए धेरै सजिलो हुने थियो ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।