जथाभावी फोहोर रोक्न घरघरमा स्टिकर टाँस्दै नगरपालिका

बुटवल, १९ फागुन । सार्वजनिक ठाउँमा फोहर फाल्न रोक्नका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले घरघरमा स्टिकर टाँस्न थालेको छ । सरसफाई अभियानलाई नगरबासीको घर—टोलमा केन्द्रित गर्दै नगरपालिकाले फोहर जथाभावी फ्याँक्न रोक्नका लागि यस्तो अयिान चलाएको हो ।

प्रत्येक घर, व्यवसायिक प्रतिष्ठान, संघ—संस्था, निकायमा जथाभावी फाहोर नगर्ने प्रतिबद्धता सहितको स्टिकर टाँस गरेर नगरपालिकाले सरसफाई अभियानलाई थप प्रभावकारी बनाएको हो । नगरपालिकामा नियमित रुपमा टोल विकास संस्थामार्फत् नियमित रुपमा समुदाय सरसफाई अभियान सञ्चालन हुँदै आएको छ ।

यही अभियानलाई थप प्रभावकारी बनाउँदै सबै नगरबासीलाई थप सचेत गराउन स्टिकर टास्ने कार्य अघि बढाइएको वातावरण शाखाले जनाएको छ । नगरपालिकाले टोल विकास संस्था र खानेपानी उपभोक्ता तथा सरसफाई संस्थासँगको समन्व्यमा घर—घरमा सरसफाई गर्ने प्रतिबद्धता सहितको स्टिकर टाँस गर्न सुरु गरेको छ । सार्वजनिक स्थान, विद्युत्पोल, मुख्य चोकहरुमा समेत सचेतना अभिवृद्धिको लागि स्टिर टाँस गरिनेछ । प्रतिबद्धता स्टिकर टाँस गरी सबै घरधनीबाट प्रतिबद्धतापत्रमा हस्ताक्षर गराउने गरी यो अभियान थालिएको हो ।

प्रतिबद्धता स्टिकर टाँसपछि जथाभावी फोहोर गर्नेलाई निरुत्साहित र घर, परिवार, टोल, समुदाय सफा राख्नेलाई पुरस्कृत गरिने नगरस्तरीय टोल विकास संस्था सञ्जालका अध्यक्ष हेमराज पौडेलले बताए । उनका अनुसार नगरमा रहेका खानेपानी उपभोक्ता संस्थासँगको सहकार्यमा टोल विकास संस्थाहरुले यो अभियान हरेक नगरबासीको घरमा पु¥याउनेछन् ।

यसैक्रममा सोही अभियानको सन्दर्भमा नगरपालिका, सञ्जाल र शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको संयुक्त आयोजनामा बिहीबार वडा नं. १, २, ३ र ४ का टोल सञ्जालका पदाधिकारी तथा खानेपानीका पार्षद्हरुको लागि अभिमुखीकरण कार्यक्रम गरिएको भएको छ । त्यसअवसरमा नगर प्रमुख बासुदेव घिमिरेले टोल विकास संस्था र खानेपानी सेवा क्षेत्रका पदाधिकारीहरुलाई स्टिकर हस्तान्तरण गरे ।

कार्यक्रममा नगर प्रमुख घिमिरेले पूर्णसरसफाई उन्मुख नगरपालिकालाई दिगो बनाउन स्टिकर अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले नगरबासीको सहयोग र सहकार्यले तिलोत्तमाले विभिन्न रचनात्मक काम गरेको बताउँदै यो सरसफाई अभियन्ताहरुप्रति आभार व्यक्त समेत गरे । यस्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख गुणानिधी पोखरेलले तिलोत्तमामा निर्माणका क्रममा रहेका खानेपानी आयोजना छिट्टै सम्पन्न हुने क्रममा रहेको बताउँदै आयोजना सम्पन्न हुँदा सबै नगरबासी स्वच्छ खानेपानीको पहुँचमा पुग्ने बताए ।

त्यसअवसरमा मुलुककैं उत्कृष्ट खानेपानी आयोजनाको रुपमा शंकरनगर खानेपानी संस्थालाई विभागको तर्फबाट प्राप्त भएको सम्मान पत्र अध्यक्ष झविन्द्र भण्डारीलाई हस्तान्तरण गरिएको थियो । यस्तै टोल विकास संस्था सञ्जाललाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

खानेपानी संस्थाका अध्यक्ष झविन्द्र भण्डारीको अध्यक्षता, उपाध्यक्ष डिलबहादुर भट्टराईको स्वागत, सचिव कमला भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा तिलोत्तमा वडा नं. ३ का वडाध्यक्ष टंकप्रसाद तिवारी, खानेपानी उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष ध्रुव धिताल, नगरस्तरीय टोल विकास संस्था सञ्जालका अध्यक्ष हेमराज पौडेल, नगरपालिकाकी वरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरे, वातावरण शाखाका गोरखनाथ खनाललगायतले बोलेका थिए ।

यसअघि नगरपालिकाले करहिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थासँगको सहकार्यमा यस्तै प्रकारको कार्यक्रम गरी स्टिकर टाँस अभियान सुरु भैसकेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।