ईशानेश्वर महादेव मन्दिरमा १ सय ८ धारा निर्माण

लमजुङ, २० फागुन । लमजुङको मध्यनेपाल नगरपालिका-७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरमा १ सय ८ धारा निर्माण गरिएको छ । मन्दिर परिसरमा १ सय ८ वटा ढुंगाको धारा निर्माण गरिएको इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले जनाएको छ । समितिका अध्यक्ष रामचन्द्र घिमिरेका अनुसार यसै बर्षको शिवरात्रीदेखि धारा संचालनमा आएको हो ।

मध्यनेपाल नगरपालिका र स्थानीयबासीको सहयोगमा धारा निर्माण भएको हो । धाराका लागि स्थानीयले ५० हजार देखि १ लाख ११ हजार १ सय ११ रुपियाँसम्म सहयोग गरेका छन् । १ सय ८ जनाले आफ्नो र परिवारको नाममा धारा निर्माण गरेका छन् ।

शिलालेखमा एकल नाम राख्नेले ५० हजार, श्रीमानश्रीमतिको नाम राख्न चाहनेले ७५ हजार रुपियाँ र परिवारको नाम शिलालेखमा राख्न चाहनेले १ लाख ११ हजार १ सय ११ रुपियाँ सहयोग गरेका छन् । आधा रकम उठ्न बाँकी रहेको समितिले जनाएको छ । उक्त रकमबाट भक्तपुरबाट ढुंगा ल्याएर धारा निर्माण, जग्गा खरिद, मन्दिर व्यवस्थापनको काम गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।