महिनावारी हुँदा शिक्षिका विद्यालय नजाने समस्या हट्यो

मार्तडी, २१ फागुन । जिल्लाको बडीमालिका नगरपालिका–८ रतुडामा रहेको जनप्रकाश आधारभूत विद्यालयमा देवता रिसाउने डरले महिनावारी भएका बेला विद्यालय जान नपाउने शिक्षिकाको समस्या समाधान भएको छ ।

शुक्रबार सोही नगरपालिका–८ को विद्यालयमा वडाध्यक्ष प्रकाश रावलको नेतृत्वको टोलीले स्थानीय बुद्धिजीवी तथा विभिन्न स्थानका धामीसँग परामर्श गरी देवता हेराउँदा विद्यालयमा प्रवेशमा कुनै बाधा नहुने गरी देवताले अनुमति दिइसकेको मष्टा देउताका पुजारी गङ्गा रावलले बताउनुभयो ।

उहाँका अनुसार कैलाश देवता, भेराल मष्टालगायत अन्य देवताका धामीलाई हेराउँदा सबैले छाउ भएका छात्रा र शिक्षिकालाई विद्यालयमा जान दिन पाउने गरी गरी समस्या समाधान गरिएको पुजारी रावलले जानकारी दिनुभयो ।

वर्षांैदेखि महिनावारी हुने शिक्षिकाले पाँच दिनसम्म विद्यालय नजाने गर्दै आएका थिए । कु–प्रथाकारुपमा रहेको छाउपडी प्रथा अन्त्य गर्नका लागि बडीमालिका नगरपालिकाले महिलासँग उपप्रमुख कार्यक्रम ल्याएको थियो ।

सोही कार्यक्रमअनुसार उक्त वडालाई छाउपडी गोठमुक्त घोषणा गर्ने तयारी थाल्नाका साथै शैक्षिक संस्थामा समेत शिक्षिकाले छाउ भएका बेला विद्यालय जान नपाउने समस्या समाधान गरिएकोे वडाध्यक्ष रावलले बताउनुभयो ।

पटकपटक विभिन्न सञ्चारमाध्यममा छाउ हुँदा शिक्षिका पाँच दिनसम्म विद्यालय जादैनन् भन्ने समाचार आएपछि वडाले गाउँका बुद्धिजीवी, ज्येष्ठ नागरिक र कैलाशलगायतका धामीसँग परामर्श गरी हेराउँदा आजदेखि विद्यालय जान दिनेगरी देवता खुसी भएको पुजारी रावलको भनाइ थियो ।

रतुडा गाउँमा रहेको विद्यालयमा विगतमा छाउ भएका बेला अध्यापन गराउँदै आएका दुई शिक्षिका चार दिनसम्म विद्यालयमा जानबाट बञ्चित हुँदै आएका थिए । छाउ हुँदा विद्यालय जान नपाएपछि विद्यार्थीले नियमित पठनपाठन गर्न नपाउँदा स्थानीय धामी, वडा कार्यालय र बुद्धिजीवीको सक्रियतामा समस्या समाधानको उपाय निकालिएको नगरपालिकाकी उपप्रमुख कविता विष्टले बताउनुभयो ।

बालबालिकालाई शिक्षाबाट बञ्चित गराउने र महिनावारी भएका बेला शिक्षिकाले पनि विद्यालय जान नपाउने समस्या समाधान भएकामा उहाँले खुसी पनि व्यक्त गर्नुभयो ।

वडाध्यक्ष रावलले छाउपडी कुप्रथा अन्त्य गर्नका लागि रतुडा कैलाशका प्रमुख धामी राम ऐडी, धामी किष्णा ऐडी, मष्टाका पुजारी बहादुर रावल, शिलाडाका मुख्य धामी सुुरेन्द्रबहादुर रावल, भगवतीका पुजारी दलबहादुर रावल, भेरालका धामी हीरेन्द्र विक, गोल लोहारलगायतलाई विद्यालयमै बोलाएर छलफल गराउनुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिको शुक्रबार बसेको बैैठकले महिनावारी (छाउ) भएका बेला शिक्षिकाले पढाउन आउनुपर्ने निर्णयसमेत गरेको विद्यालयमा प्रधानाध्यापक प्रकाशबहादुर ऐडीले बताउनुभएको छ ।

छलफलपछि धामी, पुजारी र बुद्धिजीवीले विद्यालयमा महिनावारी (छाउ) भएका बेला शिक्षिकालाई रोक नलगाउने सामूहिक प्रतिबद्धतामा हस्ताक्षर गरेका थिए । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।