मौसमी र बेमौसमी खेतीले थारु महिलामा खुसी भर्दै

विशाल बस्नेत/महोत्तरी, २१ फागुन । महोत्तरी वर्दिबासकी हेमलता सिंह आचेल खुसी छिन् । पाँच बर्ष अघिको अभाव र अहिलेको अवस्था तुलना गर्दा आनन्द आउने गरेको उनी सुनाउँछिन् । उनमा यो खुसी ल्याउने औजार भने उनी आफै हुन् । उनको प्रयासमा नगरपालिकाले केही सहयोग र भरथेग भने गरिरहेकै छ ।

नगरपालिकाले यहाँका थारु महिलालाई मौसमी र बेमौसमी खेतीपाती कसरी लगाउने भन्ने बिषयमा सिकाएको थियो । यही सिकाइलाई हेमलताले पनि सदुपयोग गरेकी छिन् । उनी आजकाल दिनभरी खेतबारीमै हुन्छिन् । उनले खेतमा खर्बुजा र तरकारी फलाएकी छिन् । ‘हुन त केही वर्ष अगाडि पनि खेती गथ्यौं, तर बजार पाउन कठिन थियो । आजकाल घरघरमै टेम्पो आइपुग्छ ।’ उनले भनिन् ।

नगरपालिकाले हेमलताको टोलसम्म पुग्ने सडक निर्माण गरिदिएको छ । वडा अध्यक्ष रामकिशोर साहको पहलमा करिब ६० घरधुरी बस्ने चौधरी टोलमा विभिन्न शाखा र नगरपालिकासम्म जोड्ने मुख्य सडक सञ्जाल विस्तार भएको छ ।

हेमलता जनप्रतिनिधिहरूको सक्रियताप्रति निकै खुसी छिन् । आजकाल हेमलताको मात्र हैन वर्दिबास नगरपालिका–१२ स्थित यस वडाका थारु समुदायको दिनचर्या फेरिएको छ । नगरपालिकाले महिला उद्यमीबीच सहजकर्ताको भूमिका खेलेका कारण थारु महिलाहरु स्वरोजगार र सीपयुक्त भएका छन् ।

हेमलता जस्तैं २६ महिलाले तरकारी खेतीसम्बन्धी तालिम लिएका छन् । अहिले सबै २६ जना सामुहिक खेती गरिरहेका छन् । पहिला उत्पादन भएका सामान राख्न समेत यहाँ निकै समस्या थियो । स्थानीय सरकारले झण्डै ६ लाख खर्चेर साझा सुविधा केन्द्रको स्थापना गरिदिएको छ । अब भण्डारणको समस्या पनि समाधान भएको छ ।

दुई कोठे साझा सुविधा केन्द्रमा थारु समुदायले उत्पादन गरेको वस्तुले पनि सहजै स्थान पाउन थालेको छ । महिलाहरू सीप सिकेर आफंै स्वरोजगार बनेपछि समुदायका पुरुषहरू पनि खुसी छन् । समुदायमा पुरुषभन्दा महिला बढी ब्यस्त हुने गरेको उनीहरू बताउँछन् ।

‘महिलालाई आयअर्जनमा सहभागिता बढाउन नगरका उद्यम सहजकर्ताहरूले खेलेको भुमिका सुन्दर छ ।’ हिमलाल चौधरीले भने । नगरपालिकाले परिचालन गरेका उद्यमी सहजकर्ताहरूले वडा नम्बर १२ मा मात्र नभइ अन्य वडामा पनि विभिन्न सिपमुलक कार्यक्रम गरिरहेका छन् । विभिन्न वडामा अहिलेसम्म एक १७ जना महिला उद्यमी बनिसकेका छन् ।

महिलाहरूलाई अगाडि बढाए मात्र सामाजिक र पारिवारिक आर्थिक स्थिति बलियो हुने बिषयलाई मध्यनजर गरी टोलटोलबाट महिलालाई जागरुक बनाएको नगरप्रमुख विदुर कार्की वताउँछन् । गरिबी उन्मुलनमा नगरपालिका औपचारिक रुपमा लागेको उनलको भनाइ छ ।

नगरपालिकाले नगरभरीका करिब २४ सय घरपरिवारलाई गरिबीको रुपमा पहिचान गरेको छ । तीन महिना अगाडि हेफर इन्टरनेसनल नामक संस्थासँग सम्झौता गरी नगरपालिका गरिबी उन्मुलनको दिशातर्फ उन्मुख भएको नगरप्रमुख कार्कीले बताए ।

गरिबी उन्मुलनको लागि पहिला किसानहरूलाई पशु तथा कृषिमा आत्मनिर्भर बनाउने र त्यसपछि आर्थिक उपार्जनको लागि २४ सय घरधुरीलाई गरिबीबाट मुक्त बनाउने नगरको योजना छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।