कोही नभएकाको सहारा बन्दै कोसी गाउँपालिका

अजितकुमार झा/इनरुवा, २१ फागुन (रासस) ः सुनसरीको कोसी गाउँपालिका–२ का २१ वर्षीया सम्झना कुमारी मण्डलको आमाबुबा छैन् । नौ वर्ष अगाडि बुबा र चार वर्ष अगाडि आमाको मृत्यु भएको सम्झानको आर्थिक अवस्थासमेत दयनीय रहेको छ ।

आमाबुबा नभएपछि सम्झना काकाको शरणमा बस्दै आएकी थिइन । दिदीबहिनी गरेर पाँच छन् । परिवारको सबै सदस्यको आर्थिक अवस्था कमजोर भएका कारणले सम्झनाको बिहे गर्ने उमेर हँुदा पनि कसरी विवाह गर्ने भने चिन्ताले सबैलाई सताइरहेको थियो । तर कोसी गाउँपालिकाको कार्यालयले सम्झनाको विवाहमा सबै खर्च दिएपछि मण्डल परिवार खुसीे भएका छन् ।

आर्थिक अवस्था कमजोर भएका परिवारलाई पछिल्लो समय कोसी गाउँपालिकाले निःशुल्क विवाह गरिदिएपछि अहिले त्यस क्षेत्रका गरिब, अति विपन्न र न्यून आय भएका परिवारले छोरीको कसरी विवाह गर्ने भने चिन्ताबाटमुक्त हँुदै गएको छ । गाउँपालिकाको कार्यालयले आर्थिक वर्ष २०७६÷७७ सालदेखि ‘सामूहिक विवाह कार्यक्रम’अन्तर्गत उमेर पुगेका र आर्थिक अवस्था कमजोर भएका परिवारलाई गाउँपालिकाको खर्चमा विवाह गर्ने कार्यक्रम सञ्चालन गरेपछि धेरै खुसी भएको सम्झनाका काका शम्भु मण्डलले बताउनुभयो ।

कोसी गाउँपालिकाको अध्यक्ष अयुव अन्सारीको विषयमा विभिन्न किसिमको जातीय अफवाह फैलाएको भए पनि जनप्रतिनीधि भएपछि उहाँमा कुनै किसिमको जातीय विभेद् नभएको र सबैको साझा अध्यक्ष भएको जस्तो महसुस भएको उहाँको भनाइ छ । पछिल्लो समय कोसी गाउँपालिकाले सुरु गरेको सामूहिक विवाह कार्यक्रम निकै प्रभावकारी रहेको र आउने दिनमासमेत यस कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा कोसी गाउँपालिका– २ का समाजसेवी ध्यानी मण्डलले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका व्यक्तिको उमेर पुगेका छोरीका लागि यस कार्यालयले ल्याएको सामूहिक विवाह कार्यक्रम उदाहरणीय भएको र आउने दिनमा सबै वर्गलाई समेटने गरी यस्ता किसिमको कार्यक्रमलाई अगाडि बढाउनुपर्ने स्थानीय समाजसेवी कुसुमलाल मण्डलले बताउनुभयो ।
कोही नभएका परिवारलाई महसुस नहोस् की मेरो कोही छैन भनी गाउँपालिकाले गरेको कार्यक्रम सराहनी रहेको र आउने दिनमा सबै वडामा यस्ता किसिमको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने स्थानीयवासी सदानन्द मण्डलले बताउनुभयो ।

आफूहरुले चारदेखि पाँच जनासम्मको जोडीलाई एकै ठाउँमा राखेर सामूहिक विवाह गर्ने उद्देश्यले यो कार्यक्रम ल्याएको भएपनि विशेष गरेर तराई–मधेश क्षेत्रमा आफनै घरमा विवाह गर्न मन पराउने गरेको भएपनि घरमै विवाह गर्नेलाई गाउँपालिकाको सहयोग उपलब्ध गराउँदै आएको गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले बताउनुभयो । विवाह गर्नका लागि जसलाई आर्थिक अवस्था कमजोर छ, त्यसको सहारा कोसी गाउँपालिका रहेको अध्यक्ष अन्सारीको भनाइ छ ।

पछिल्लो समय गाउँपालिकाले ल्याएको सामूहिक विवाह कार्यक्रमको चौतर्फी सरहाना भइरहको छ, भने यस्ता किसिमको कार्यक्रमले आर्थिक अवस्था कमजोर भएको समुदायले उमेर नपुगेर गर्ने बालविवाहलाई रोक्नका लागिसमेत मद्दत पुगेको सरोकारवालाले बताएका छन् । त्यसैले गाउँपालिकाले टुहुरा, अति विपन्न, आर्थिक अवस्था कमजोर भएर विवाह गर्नबाट वञ्चित भएका छोरीहरुका लागि ल्याएको सामूहिक विवाह गर्ने कार्यक्रमबाट अन्य पालिकालेसमेत पाठ सिक्न जरुरी रहेको स्थानीय सरोकारवालाले बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।