शीत भण्डार निर्माण

रसुवा, २३ फागुन । रसुवाको कालिका गाउँपालिका-२ मा निमार्णाधीन शीत भण्डारन गृहको निमार्णको काम सम्पन्न भएको छ । ३०० मेट्रिक टन क्षमताको दुई तले भवन निर्माणको काम सम्पन्न भएसँगै जिल्लाका कृषकहरुले उत्पादन गरेका फलफूल तथा तरकारी अब भण्डारन गर्न सक्ने साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष बिष्णु पौडेलले बताए ।

बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ७० प्रतीशत तथा कालिका गाउँपालिकाको ३० प्रतिशत आर्थिक लगानीमा तीन करोड ७० लाख ३५ हजार ३३५ रुपैयाँमा दुई तले शीत भण्डारण गृहको निमार्णको काम पूरा भएको हो ।

एक वर्षअघि नै निमार्ण सम्पन्न गरिसक्नु पर्ने भए पनि कोरोना महामारीका कारण सामान तथा कामदार बाहिरबाट ल्याउन नसक्दा निर्माण एक वर्षपछि धकेलिएको निर्माणको जिम्मा पाएको ईजी इन्फ्रा प्रालिले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।