जसले मुसहर बालिकालाई धर्मपुत्री बनाए, अहिले विवाह गरिदिँदैछन्

सुधा देव/ सप्तरी, २४ फागुन । समाजमा छुवाछूत कायमै रहेका बेला सप्तरीकाे अग्निसाइर कृष्णासवरन गाउँपालिका-३ का सत्यनारायण चौधरीले उदारणीय काम गरेका छन् । सानैदेखि मुसहर दलित परिवारकी बालिकालाई आफ्नी छोरी बनाएर लालनपालन गरेका चाैधरीले अहिले २४ वर्ष पुगेपछि विवाह गरिदिन लागेका हुन् ।

उनले ती आफ्नी छोरी संगीताकुमारी सदाको राजविराज-१२ बस्ने बद्री सदाका छोरा दिनेश सदासँग २५ फागुनमा गरिदिन लागेका हुन् ।

छूवाछूतविरुद्ध सकारात्मक सन्देश दिन मुसहर युवतीकाे लालनपाेषण गरेकाे उनले बताए ।

गाउँपालिकाकी उपाध्यक्ष मिना चौधरीले भनिन्,´सत्यनारायणले चाहेको भए आफ्नै थरकी बालिकालाई धर्मपुत्री बनाउन सक्नुहुन्थ्याे । उहाँले त्यसो नगरी छूवाछूतविरूद्ध सकारात्मक परिवर्तनको लागि मुसहर बालिकालाई धर्मपुत्री बनाउनुभयाे ।’

चाैधरीले समाजलाई छूवाछूत विभेदबाट मुक्त गर्न भूमिका खेलेकाे र यसबाट समाजले पाठ सिक्नुपर्ने गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।