ब’न्दुक छाडेर फेरि चुलोचौकोमै फर्किइन् उर्मिला

जितेन्द्र थापा/सुर्खेत, २५ फागुन । दश वर्षे माओवादी सश’स्त्र जनयु’द्धमा होमिएकी दैलेखको ठाटीकाँध गाउँपालिका–२ टोम्टाल्लाकी उर्मिला थापा (रुपा) अहिले चुलोचौकोमै सीमित छिन् । तत्कालीन माओवादीले सुरु गरेको यु’द्धले सर्वहारा वर्गको राज्य स्थापना हुनुका साथै सर्वहारा वर्गमाथि हुने थिचोमिचोको अन्त्य हुन्छ भनेर देखाइएको सपना भ्रम रहेको उनको भनाइ छ ।

देश परिवर्तन गर्छु भनेर हिँड्ने माओवादीका नेताहरू अहिले आफैँ अधिकारको दुरुपयोग गर्दै आफू र आफन्तको हितमा केन्द्रित भएको उनको गुनासो छ ।

यु’द्धमा होमिँदा महिला हिं’साको अन्त्य हुन्छ, बालविवाह, बहुविवाहको अन्त्य हुन्छ, सर्वहारा वर्गको राज्यसत्ता स्थापना भए उत्पीडित नागरिकका दिन आउँछन् भन्ने सपना देखाइएपछि उनी ८ साउन २०५८ मा माओवादी यु’द्धमा होमिएकी थिइन् ।

दुल्लु नगरपालिका माइती घर भएकी उर्मिलाको घर नजिकै प्रहरी चौकी थियो । उनी कक्षा ९ मा पढ्दै थिइन् । विद्यालय आउँदा जाँदा प्रहरीले उनलाई माओवादी कहाँ छन् भनेर सोध्ने गर्थे । प्रहरीले माओवादीबारे सोध्न थालेपछि उनलाई माओवादीमा जाने सोचमा पुगिन् । महिलामुक्ति, जातीयमुक्तिका निम्ति लड्नुपर्छ भन्दै माओवादी कार्यकर्ताले उनलाई फकाउन थालेपछि उर्र्मिलालाई युद्धमा होमिन मन लाग्यो ।

तर, आफूलाई देखाएको सपना सपनामै सीमित रहेको उर्मिलाको गुनासो छ । माओवादी यु’द्धताका उनको प्रेरणाले चुलो चौकोमा सीमित कैयौँ किशोरी यु’द्धमा होमिन तयार भए । तर, उनी अहिले आफैँ पीडित र अशक्त छिन् । ब’न्दुक बिसाएर अहिले उनी चुलोचौकोमै छिन् ।

फागुन २०५८ मा अछामको मङ्गलसेन आ’क्रमण गर्दा सहभागी भएकी उर्मिला सेक्सन भिसिसमेत भएकी थिइन् । विभिन्न स्थानमा भएका आ’क्रमणमा होमिएकी उर्मिला रुकुमको खार आ’क्रमण पश्चात् अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क आ’क्रमणमा भने घा’इते भइन् । सो भिडन्तमा बायाँ खुट्टाको ह्पि हँुदै गो’ली बाहिर निस्केको उनी बताउँछिन् ।

उनको उपचार नेपालमा सम्भव नभएपछि भारतको लखनउ पुर्‍याइयो । उनको उपचार त्यहाँ पनि सम्भव भएन । त्यहाँबाट पनि भारतको पन्जाबको जलनधर पुगेर उपचार गरेको उर्मिला सझिन्न्छिन् । तर, उपचार भइरहेको भारतीय आर्मीले जानकारी पाएपछि उर्मिलालाई राम्रोसँग उपचार नगरी २०६२ मा नेपाल ल्याइयो । त्यसपछि नेपालगन्ज क्षेत्रीय अस्पतालमा राखियो ।

२०६४ सालको संविधानसभा निर्वाचनका बेला उनी उर्मिला दैलेख जिल्ला फर्किइन् । तर, ज्यानको बाजी मा’रेर ल’डाइँ गर्दा पनि न देशको न आफ्नै जीवनमा परिवर्तन आउन नसक्दा उनलाई चिन्तित् बनाएको बताउँछिन् ।

‘१७ वटा ल’डाइँ लडेर अहिले न त कुनै व्यवस्था भयो । अपांग शरीर लिएर चुलौचौकोमै थन्किनुपरेको छ,’ उनले भनिन् । एक्लै रहेकी उनलाई कसैको साथ छैन । यु’द्धमा गो’ली लागेर शारीरिक रुपमा अपांग रहेकी उनलाई आर्थिक संकट रहेका बताउँछिन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।