विद्यार्थी मृ’त्यु प्रकरणः मृ’तकका आफन्त र स्थानीयद्वारा डुम्रे-बेसीसहर सडक अवरोध

लमजुङ, २५ फागुन । लमजुङको सुन्दरबजार नगरपालिका-९ स्थित फ्युचर स्टार आवासीय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत १८ वर्षका सनिज श्रेष्ठको मंगलबार पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदीमा डुबेर मृ’त्यु भएको छ ।

विद्यार्थीको मृ’त्यु प्रकरणलाई लिएर तनहुँको भानु नगरपालिका-९, बाइसजाँगरका स्थानीयले सडकमा टायर बालेर डुम्रे-बेसीसहर सडक अवरुद्ध गरेका छन् ।

स्थानीयको प्रदर्शनले डुम्रे-बेसीसहरको तनहुँ खण्ड र प्रशासनको निषेधाज्ञाले लमजुङ खण्डमा यातायात ठप्प छ । भानु नगरपालिका-९, बाइसजाँगरमा पीडितका आफन्त र स्थानीयले बाइसजाागर चोकमा टायर बालेर सडक अवरोध गरेको स्थानीय गोपाल अधिकारीले बताए । सडक अवरोधले बुधबार बिहानैदेखि यातायात ठप्प छ । डुम्रेबाट आएका सवारीसाधन बाइसजाँगरमा रोकिएका छन् ।

होस्टेलका विद्यार्थीलाई पौडी खेल्न लगेको, आफन्तलाई थाहै नदिई शव लगेको भन्दै स्थानीयले विरोध गरेका छन् । उनीहरूले विद्यालयका संस्थापक बाबुराम पौडेलसहित पौडी खेल्न सँगै गएका शिक्षक र विद्यार्थीमाथि सत्यतथ्य छानबिन गरी कारबाही गर्न माग गरेका छन् । लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले होस्टेल वार्डेन सरोज ओलिया र एकजना विद्यार्थीलाई नियन्त्रणमा लिएको बताए ।

घटनाको विषयलाई लिएर स्थानीयले संघर्ष समिति बनाएका छन् । घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका पीडित पक्षले विद्यालयको दुईवटा बस, एउटा भ्यान र स्कुलको गेटसमेत तो’डफो’ड भएको प्रहरीले जनाएको छ । प्रदर्शनले उग्र रूप लिँदै गएपछि प्रहरीले मंगलबार साँझ अ’श्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर र ला’ठीचार्ज गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।