आरन पेसा संकटमा

जितेन्द्र थापा /सुर्खेत, २५ फागुन । पुस्तौँ पुस्तादेखि चल्दै आएको सिप र प्रविधिको प्रयोगमा आधारित रहेर सञ्चालन हुँदै आएको बालीघरे प्रथा ‘आरन पेसा’ पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ । पुरानैशैली र औजार बनाउन प्रयोग हुने गोल र उचित पारिश्रमिक पर्याप्त मात्रामा नहुँदा आरन पेसा लोप हुने अवस्थामा पुगेको हो । प्रविधिको विकास सँगसँगै बढ्दो आधुनिकताको प्रभावले च्याप्दै जान थालेपछि समाजमा बालीघरे प्रथाका रुपमा रहेको आरन पेसा संकटमा परेकाे दैलेख ठाटीकाँधका स्थानीय बताउँछन् ।

विगतमा दैलेखका विभिन्न ठाउँहरूमा भेटिने आरन हिजोआज भने लोप हुने अवस्थामा पुगेका छन् । जिल्लाका कतिपय गाउँहरु आरन टोलका नामले समेत चिनिन्छन्। दैलेखको ठाटीकाँध गाउँपालिका लगायत केही स्थानमा मात्र सीमित मात्रामा आरन व्यवसाय चल्दै आएको छ । परम्परागत पेसाको रुपमा रहेको आरनको महत्व नबुझ्नु, नयाँ पुस्तामा सिप हस्तान्तरण हुन नसक्नु र वैदेशिक रोजगारीप्रतिको आकर्षणले आरन पेसा संकटमा परेकाे स्थानीय बताउँँछन् ।

खासगरी समाजमा बसोबास गर्दै आएका विश्वकर्मा समुदायको मुख्य पेसाको रूपमा चिनिएको आरन पेसा अहिले हराउँदै जान थालेको ठाटीकाँध- २ का पहराम कामी बताउँछन् । ‘नौमती पञ्चेबाजासहित मठमन्दिरमा आवश्यक पर्ने सामाग्रीहरु पनि आरनमा बनाउने गरिन्छ, ’ उनले भने ।

आरन पेसा सञ्चालनका लागि मुख्य रुपमा गोलको आवश्यकता पर्ने गर्दछ । “व्यावसायिक रुपमा आरन पेसा सञ्चालन गर्नेहरूले पहिले सामुदायिक वनजङ्गलमा रुख ढालेर गोल ल्याइन्थ्यो । तर, अहिले रुख काट्न नदिएपछि गोलको लागि निकै समस्या छ । गोलको साटो पथ्थर कोइला आएको भए सहज हुन्थ्याे,’ ठाटीकाँध- २ का रघे लाेहार भन्छन् ।

पछिल्लो समय विद्युतको सहायताबाट फलामको सामानमा वल्डिङ गर्ने, प्वाल पार्ने, पुराना सामानलाई नयाँ बनाउने र मर्मत गर्ने प्रविधिको समेत विकास भएकाले आरन पेसा संकटमा परेकाे उनी बताउँछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।