नगरस्तरीय पछिमा बाजा प्रतियोगिता हुने

भक्तपुर, २६ फागुन । भक्तपुर नगरपालिकामा नगरस्तरीय पछिमा बाजा प्रतियोगिता हुने भएको छ ।

सांस्कृतिक विधाको संरक्षण सम्र्बद्धन गर्नुका साथै नागरिकमा रहेको सीप उजागर गर्न भक्तपुर नगरपालिकाको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता शुक्रबार भक्तपुर दरवार क्षेत्र लायकुमा हुनेछ ।

प्रतियोगिता तयारीका लागि बुधबार नगरपालिकाले नगरस्तरीय पछिमा बाजा प्रतियोगिताका सहभागी टोलीको भेला गरेको छ । सोही कार्यक्रममा यसबारे जानकारी गराइएको हो ।

मेयर प्रजापतिले नगरपालिकाको आयोजना गर्दै आएको सांस्कृतिक प्रतियोगिताले भक्तपुरको मौलिक बाजागाजालाई संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई यसतर्फ आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिए ।

प्रतियोगितामा प्रथम हुनेलाई प्रथम पुरस्कार नगद २० हजारका साथै पछिमा १ थान, सिछ्या १ थान, त १ थान, बाँसुरी ४ थान, द्वितीय पुरस्कार नगद १५ हजारका साथै पछिमा १ थान, सिछ्या १ थान, त १ थान, तृतीय पुरस्कार नगद १० हजारका साथै पछिमा १ थान, सिछ्या १ थान र सान्त्वना पुरस्कार नगद. ५ हजारका साथै पछिमा १ थान र प्रत्येक सहभागी टोलीलाई पछिमा बाजा १÷१ थान प्रदान गरिने बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।