संखुवासभा बस दुर्घटनाप्रति एमालेद्वारा दुःख व्यक्त
काठमाडौं, २६ फागुन । संखुवासभा मादी-६मा बिहीबार बिहान १४ जनाको ज्यान जाने गरी भएको घटनाप्रति नेकपा एमालेले दुःख व्यक्त गरेको छ ।
१४ जनाको मृ त्यु र पाँच जना घाइते हुने गरी भएको सो घटनाप्रति दुःख व्यक्त गर्दै एमालेले आफ्नो पार्टी स्तब्ध र मर्माहत भएको जनाएको छ ।
केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बिहीबार अपरान्ह विज्ञप्ति जारी गरेर घटनाप्रति दुःख व्यक्त गरेका हुन् । सो घटनामा परि ज्यान गुमाएप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एमालेले घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेको छ ।

राष्ट्रिय सभामा एमालेको नेतामा खिमलाल भट्टराई र प्रमुख सचेतकमा देवेन्द्र दाहाल नियुक्त
काठमाडौं, २६ फागुन /राष्ट्रिय सभा संसदीय दलको एमाले नेतामा खिमलाल देवकोटालाई नियुक्त गरिएको छ ।
सुमन प्याकुरेलको कार्यकाल सकिएर बिदा भएपछि प्रमुख सचेतकमा भने देवन्द्र दाहाललाई नियुक्त गरिएको छ । यसअघि भट्टराई प्रमुख सचेतक थिए ।


