युवाले लिए परम्परागत बाजाको प्रशिक्षण

भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्बर १० महालक्ष्मीको स्थानीय महालक्ष्मी भजन दाफाको आयोजनामा लालाखिं (एक प्रकारको बाजा) तथा म्ये पिदानेगू ज्याझव (स्थानीय गीत गाउने प्रशिक्षण) कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

स्थानीयस्तरमा बाजागाजाको प्रशिक्षण सम्पन्न भएपछि पिदानेगू (दिक्षान्त समारोह जस्तै) गरिएको थियो । यो बेला प्रशिक्षार्थीलाई देवतास्थानमा लगेर बाजा प्रदर्शन गर्न लगाउने हुन्छ ।

बिहीबार स्थानीय नासद्य (देवता घर) मा पुगेर प्रशिक्षार्थीलाई बाजा बजाउन लगाएर प्रदर्शन गराइएको थियो । साथसाथै नेवार संस्कृति अनुसार त्यो बेला प्रशिक्षार्थीका आफन्तहरू आएर प्रशिक्षार्थीलाई सम्मान गर्ने गरिएको थियो । त्यस अवसरमा उनीहरू सामूहिक पैसा हालेर भोज पनि खाएका थिए ।

कार्यक्रमका संयोजक पुन्यराम दुवालका अनुसार लालाखिंमा १३ जना र म्येमा ४ जना प्रशिक्षार्थी रहेका थिए । उनीहरू सबै आठवर्षदेखि ३२ वर्षसम्मका युवा रहेको उनले बताए ।

बाजाका प्रशिक्षार्थी इन्जिनियर सुमन दुवाललले आफ्नै टोलमा भएको लालाखिं बजाउने कला सिकेको बताए । इन्जिनियर भएर पनि आफ्नो बाबुबाजेदखि चल्दै आएको लालाखिं सिक्न ६ महिना लगाएर आफूले बाजा बजाउन सिकेको उनले बताए ।

‘हाम्रो पुरानो बाजालाई पनि बचाउनुपर्छ, यसलाई मर्न दिनुहुन्न भनेर मैले पनि बाजा सिंके,’ बाजा प्रशिक्षणको अन्तिम दिन बिहीबार बाजा बजाउँदै इन्जिनियर दुवालले भने, ‘मैले मात्रै होइन, यो प्रशिक्षणमा टोलका आठ वर्षदेखि ३२ वर्षसम्मका युवा सहभागी छन् ।’

प्रशिक्षण ६ महिना भएको थियो । लालाखिंको प्रशिक्षण कृष्णराम देउपाला, म्ये शंकर सुवालले सिकाएका थिए ।

कार्यक्रममा विष्णुभक्त दुवाललगायतलाई सम्मान गरिएको थियो । साथै स्वगं वियगू ज्या (सगुन दिने कार्यक्रम) पनि भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।