अन्नपूर्ण पदमार्गमा पर्यटक बढे, व्यवसायी उत्साहित

मनाङ, २७ चैत । पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पर्यटककको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

कोरोना भाइरस र बाढीपहिरोको वितण्डापछि अहिले लमजुङहुँदै पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । दैनिक १५० भन्दा बढी पर्यटकले पदयात्रा गर्ने गरेका छन् । दुई वर्षसम्म कोरोनाका कारण थलिएको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको छ । अन्नपूर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशका पर्यटक बढीजसो आउने गरेका छन् ।

अन्नपूर्ण पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन पनि बढ्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले बताउनुभयो । “पदमार्गमा असोजदेखि चहलपहल बढेको छ”, उहाँले भन्नुभयो । मङ्सिर र पुसमा हिमपातका कारण सुस्ताएको भए पनि अहिले चहलपहल बढ्न थालेको छ । पदयात्राका लागि उपयुक्त याम सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म हो । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।

बँेशीसहरबाट खुदी, भुलभुले, ङादी, स्यागे, जगतहुँदै मनाङको बगरछाप, चामे हुँदै थोराङपास भएर मुक्तिनाथ, जोमसोम, बेनी, घोरेपानीबाट पोखरा पुगिन्छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।