कारले ठक्कर दिँदा तीन पैदलयात्रीको मृ’त्यु

राँझा, २८ चैत । नेपालगञ्जको बिपी चोक नजिक गएराति कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृ’त्यु भएको छ । प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिँदा नेपालगञ्ज ११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृ’त्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार सडकमा हिँडिरहेका तीनै जनालाई कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट ग’म्भीर घा’इते भएका उनीहरुलाई त्यहीँ कारमा राखेर चालकले शिक्षण अस्पताल नेपालगञ्ज पु¥याएका थिए । १५ मिनेटपछि नै उनीहरुलाई अस्पतालले मृ’त घोषणा गरेको थियो । प्रहरीले कार चालक नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी २८ वर्षीय इन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएको प्रमुख प्रहरी निरीक्षक शाहले जानकारी दिनुभयो । (रासस)

बाँकेमा धार्मिक महोत्सव सुरु
नेपालगञ्ज, २८ चैत (रासस) ःअसहाय तथा ज्येष्ठ नागरिकलाई आश्रयस्थल निर्माण गर्न नेपालगञ्जमा निलसागर बाँके धार्मिक महोत्सव सुरुआत गरिएको छ । संस्थाको निर्मार्णाधीन भवनलाई पूरा गर्न बजेट अभाव भएकाले धार्मिक महोत्सव गरिएको आयोजकले जनाएका छन ।

निल सागर सेवा आश्रमका उपाध्यक्ष अमन सुवेदीले आश्रममा असहायको सङ्ख्या बढ्दै जाने र आर्थिक स्रोत नहुँदा धान्न नसक्ने अवस्था आएपछि आश्रमले महायज्ञ गरेर आर्थिक स्रोत जुटाउन महोत्सव गर्न लागेको बताउनुभयो । उपाध्यक्ष सुवेदीले पवित्र कार्यको महायज्ञ लगाएकाले त्यसले सार्थकता पाउने विश्वास व्यक्त गर्नुभयो । महायज्ञ दैनिक बिहान ६ देखि १० बजेसम्म, बेलुका ६ देखि राति १२ बजेसम्म सञ्चालन हुनेछ । नेपालगञ्जमा गर्मी हुने भएकाले दिउँसो महायज्ञका कार्यक्रम नराखेको आयोजकले जानकारी दिएका छन् । उहाँले धार्मिक कार्यमा सहभागी भएर लाभ उठाउन र असहाय तथा ज्येष्ठ नागरिकलाई सहयोग गर्न अनुरोध गर्नुभयो ।

आश्रमले महायज्ञको प्रचारका क्रममा जङ्गलमा एक मनोसामाजिक समस्या भएका करिब ४० वर्षीय व्यक्तिलाई भेटेपछि उद्धार गरेर आश्रम ल्याएको छ । महायज्ञको पहिलो दिन नरैनापुर गाउँपालिकाले रु पाँच लाख सहयोगको घोषणा गरेको छ । वैशाख ४ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा पण्डित नाराण न्यौपानेसहित तीन जनाले प्रवचन दिनुहुनेछ ।

महोत्सवमा नगदभन्दा पनि भौतिक सामग्रीलाई जोड दिइएको उपाध्यक्ष सुवेदीले जानकारी दिनुभयो । बाँकेस्थित आश्रममा कूल १७२ जना भएकोमा अभिभावकविहीन बालबालिका ४५ र अन्य छ जना रहेका छन् ।

यस आश्रमको दाङ, पाल्पा, बर्दियाको गुलेरियामा शाखा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।