पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र थालियो

फुङ्लिङ, ३० चैत ।ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न थालिएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र गन गत सातादेखि सुरु भएको हो ।पाथीभरा सडक खण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म ११ किलोमिटर सडक कालोपत्र सुरु गरिएको हो । सडक कालोपत्र गर्ने कार्यका लागि कन्टेक निर्माण प्रालिसँग गत माघ पहिलो साता ठेक्का सम्झौता भएको थियो । उत्तर दक्षिण (मूलघाट, दोभान ओलाङ्चुङगोला) सडक योजना कार्यालयका अनुसार सम्झौता भएसँगै कालोपत्रका लागि अहिले ग्राभेल गर्ने काम भइरहेको छ । निर्माण प्रालिका प्रबन्ध निर्देशक गणेश मैनालीका अनुसार केही दिनमै कालोपत्र गर्न आवश्यक पर्ने मिशिन तथा आश्यक सामग्री आइपुग्ने छ ।

ठेक्का सम्झौता अगाडि नै कालोपत्र गरिसक्ने योजनाका साथ निर्माण तीव्र रुपमा अगाडि बढाइको छ । कार्यालयका सब इन्जिनियर यहोसु लिम्बूका अनुसार सडक कालोपत्र गर्न निर्माण कम्पनीसँग रु ४० करोड ७६ लाखमा ठेक्का सम्झौता भएको छ । दुई वर्षभित्र सुकेटारदेखि पाथीभरा क्षेत्रको काफ्ले पाटीसम्म कालोपत्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको हो । पाथीभरा जाने सडकअन्तर्गत सदरमुकाम फुङ्लिङदेखि सुकेटार विमानस्थलसम्म आठ किलोमिटर दूरी भने विगतमै कालोपत्र भइसकेको छ ।

सडक कालोपत्र भएपछि पाथीभरामा पूजापाठ गर्न आउने तीर्थयात्रीको सङ्ख्या बढ्ने पाभीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो । काफ्लेका अनुसार अहिले वार्षिक रुपमा तीन लाखको हाराहारीमा तीर्थयात्री पाथीभरामा आउने र दर्शन तथा पूजापाठ गर्ने गरेका छन् । सुकेटारदेखि काफ्ले पाटीसम्म सडक कालोपत्र भएमा करिब ३५ प्रतिशत तीर्थयात्रीको सङ्ख्या वृद्धि हुने समितिको अपेक्षा छ ।हाल कच्ची सडक भएका कारण सुकेटारदेखि उता जुनसुकै सवारी साधन नजाने हुँदा तीर्थयात्रीलाई सकस हुने गरेको छ । कालोपत्र भए पाथीभरा क्षेत्रसम्म नै गाडी पुग्नसक्ने छ । कालोपत्र भएपछि जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।