जिप दु,र्घटना हुँदा दुई प्रहरीको मृ,त्यु

ओखलढुङ्गा, ३० चैत । यहाँ जिप दु,र्घटना हुँदा दुई प्रहरीको मृ,त्यु भएको छ । सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा१७च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ भडारे खोला नजिक दु,र्घटना हुँदा सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको मृ,त्यु भएको हो । दु,र्घटनामा अन्य सात जना घा,इते भएका छन् । घा,इते हुनेमा प्रहरी निरीक्षक ऋषिराज ढकाल, हवल्दार भूपेन्द्र खनाल र प्रहरी जवान रुपक विष्टलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडाँै रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता उद्धव पोखरेलले जानकारी दिनुभयो । अन्य घा,इतेको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थकेयर र आस्था लाइफ हेल्थकेयरमा उपचार भइरहेको छ । दु,र्घटनामा पर्ने सबै सोलुखुम्बुबाट प्रदेश नं १ को राजधानी विराटनगर जाँदै गरेका प्रहरी रहेको जनाइएको छ ।

यो पनि पढ्नुहोस..काठमाडौँ, ‘सुडी समुदायको स्वाभिमान, सम्मान र पहिचानका लागि सशक्त महासङ्घ’ भन्ने मूल नाराका साथ सुडी समाज महासङ्घ नेपालको सम्पन्न ‘प्रथम राष्ट्रिय सम्मेलन’ सम्पन्न भएको छ । सम्मेलनले परमेश्वर महासेठको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा इन्जिनियर उमाशङ्कर साह, उपाध्यक्षमा नरेश महासेठ र शान्ति महतो तथा महासचिवमा शीतलप्रसाद महतोलाई चयन गरिएको छ । सचिवमा इन्जिनियर रामस्वरुप महासेठ र कोषाध्यक्षमा विनोद साह रहनुभएको छ ।

सो अवसरमा मधेश प्रदेश कृषि विश्वविद्यालयका उपकुलपति डा बैजनाथ महतोले सुडी समुदायको विकास र उन्नयनका लागि नयाँ योजना र दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्दै अनुशासित र मर्यादित समाजको निर्माणका लागि आफ्ना बालबालिकालाई उचित शिक्षा दिनुपर्ने बताउनुभयो । सुडी समाज काठमाडौँका अध्यक्ष डा अशोक महासेठ र पूर्वअध्यक्ष अधिवक्ता रामकृष्ण निरालाले सुडी जातिको हकअधिकार, भाषा, धर्म, संस्कृति र पहिचानयुक्त आत्मसम्मानको प्रत्याभूतिका लागि समाजका अगुवाले सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

समाजका सल्लाहकारद्वय विश्वनाथ साह र जयशङ्कर महतोले समाजको विकास र समृद्धिका लागि सबैले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली जनता दलका अध्यक्ष हरिचरण साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रामनाथ साह, समाजका अगुवा किशोरी महतो, परमेश्वर महासेठ, इन्जिनियर ओमप्रकाश महतो, निभा साह र सुडी समाज काठमाडौँका महासचिव शीतलप्रसाद महतोले समाजभित्रको यथार्थता आत्मसात् गरेर सुडी समाजको सङ्गठनात्मक सुदृढीकरण र समाजको उन्नयनका लागि सम्बन्धित सबै पक्षबीच सहयोग, समन्वय र सहकार्य गरी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । सुडी समाज काठमाडौँको अध्यक्ष डा महासेठको सभापतित्वमा सम्पन्न सम्मेलनमा काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका करिब १५० सुडी समुदायका अगुवा सहभागी थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।