आफुलाई बचाउन म्यासेज आएको १५ मिनेटपछि युवतीको मृ’त्यु, तिलोत्तमा अशान्त

रुपन्देही, ३ वैशाख । गत बुधबार राति एक युवतीको ‘श’ङ्कास्पद’ मृ’त्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ ।प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने २८ वर्षकी अमृता खत्रीको वि’ष से’वनबाट मृ’त्यु भएको प्रारम्भिक निष्कर्ष निकालिए पनि खत्रीका परिवार तथा आफन्तले ह’त्या गरिएको जिकिर गर्दै तीन दिनदेखि आन्दोलन गरिरहेका छन् । परिवारका सदस्यले नै ह’त्या गरेको आरोप लगाउँदै उनीहरुलाई कडा कारबाही गर्न मृ’तकका आफन्तले माग गरेका छन् ।

बुटवल इलाका प्रहरी कार्यालयका अनुसार बुधबार राति खत्रीले वि’ष से’वन गरेपछि उपचारका लागि लुम्बिनीस्थित प्रादेशिक अस्पताल ल्याइएकामा उपचारको क्रममा उनको मृ’त्यु भएको थियो । खत्रीका माइती पक्षले श्रीमान् र सासू मिलेर हत्या गरेको आशङ्का गर्दै कारबाहीको मागसहित अमृताको घर घेराउ गरेका छन् ।

घरमा श्रीमान्सँग मनमुटाव भएपछि माइत गएकी खत्रीलाई बारम्बार फोन गरेर बोलाई कु’टपिट गरेर वि’ष खु’वार्ई ह’त्या गरेको माइती पक्षको आरोप छ । मृ’तकका दाजु पुष्पक खत्रीले अमृताले बुधबार राति ९ः३० बजे आफूलाई बचाउन आग्रह गर्दै म्यासेज गरेको बताउनुभयो । म्यासेज आएको १५ मिनेटपछि अमृताको अस्पतालमा मृ’त्यु भएको खबर आएको गुनासो गर्दै उहाँले भन्नुभयो, “अमृताले आफैँ वि’ष से’वन गरेकी होइनन् घरमा उनलाई मा’र्ने षडयन्त्र भएपछि बचाउन आग्रह गर्दै मलाई म्यासेज गरेकी थिइन्, एकैछिनमा अस्पतालमा मृ’त्यु भयो भन्ने खबर आयो”, खत्रीले पत्रकारसँगको कुराकानीमा भन्नुभयो ।

घटनापछि प्रहरीले घटनास्थल तथा शवको जाँच मुचुल्कासमेतको प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको जनाएको छ । मृतककी श्रीमान् प्रेम टण्डन, ससुरा टहलसिंह र सासू दीपा विरुद्ध कर्तव्य ज्यान मुद्दामा गत बिहीबार मृतकका दाजु पुष्पक खत्रीले जाहेरी दर्ता गराउनुभएको थियो ।

जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी शुक्रबार म्याद थपका लागि अदालतमा उपस्थित गराइएको र उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक कुँवरले बताउनुभयो। मृतकका आफन्तले शुक्रबार पनि इलाका प्रहरी कार्यालयमा प्रदर्शन गरेका थिए ।

संयमत अपनाउन तिलोत्तमाको आग्रह

बुधबार राति अमृता खत्री टण्डनको रहस्यमय मृ’त्युको विषयलाई तिलोत्तमा नगरपालिकाले विशेषरुपमा लिएको जनाउँदै संयमता अपनाउन आग्रह गरेको छ ।नगरपालिका प्रवक्ता सुरेन्द्र श्रीले आज एक विज्ञप्ति जारी गर्दै अमृताको मृ’त्युले तिलोत्तमा नगरपालिकाका पदाधिकारी स्तब्ध भएको बताउनुभयो । उक्त घटनाको निष्पक्ष र विश्वसनीयरुपले छानबिन गरी दोषीउपर कडाभन्दा कडा कारबाही गर्न तथा पीडित परिवारलाई न्याय दिलाउन प्रहरी प्रशासनसमक्ष जोडदार माग गरेको विज्ञप्तिमा उल्लेख छ । घटनाका सम्बन्धमा गरिने अनुसन्धानलाई सघाउन नगरपालिका तयार रहेकाले संयमता अपनाउन र विरोध प्रर्दशनलाई शान्तिपूर्ण बनाउन आग्रह गरिएको बताइएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।