बालकको मृ’त्युपछि बिपी राजमार्ग अवरुद्ध

सिन्धुली, ४ वैशाख । बालकको मृ’त्यु भएको विषयलाई लिएर विपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ । पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आज बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् । स्थानीयवासीले राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा अवरोध सिर्जना गर्दा राजमार्गमा कुनै पनि सवारीसाधन गुड्न सकेका छैनन् ।

राजमार्ग बिहानैदेखि बन्द भएको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो । पीडित पक्षलाई आवश्यक छलफलका लागि कार्यालयमा हिजोदेखि बोलाएको भए पनि पीडित पक्ष नआएको र सडकमा टाएर बा’लेर राजमार्ग अवरुद्ध पु¥याएको उहाँले बताउनुभयो । पी’डित पक्षलाई बोलाई छलफल गरी सहमतिबाटै राजमार्ग खोल्ने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

शनिबार फिक्कल गाउँपालिका–१ घर भएका १२ वर्षीय सृयास भुजेलको ग्वाङखोलामा पौडी खेल्ने क्रममा डुबेर मृ’त्यु भएको थियो । हाल कमलामाई नगरपालिका–५ मिलनचोकमा बस्दै आएका सृयास साथीसँग पौडी खेल्न खोला गएकामा खोलामा खनिएको खाल्डोमा डुबेर मृ’त्यु भएको थियो ।

कमलामाई नगरपालिका–४ र ६ जोड्ने ग्वाङखोलामा पक्की पुल निर्माणको लागि खनिएको खाल्डोमा जमेको पानीमा डु’ब्दा सृयासको मृ’त्यु भएको विषयलाई लिएर स्थानीयवासीले दोषीलाई कारबाही गर्नुपर्ने, क्षतिपूर्ति दिनुपर्ने माग राख्दै बालकको शव बुझेका छैनन् । पीडित पक्षले बालकको शव नबुझ्दा शव घनास्थलमै रहेको छ । सृयास जनता आवासीय माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।