ट्याक्टर दुर्घटना, १ जनाको मृ’त्यु
झापा, बैशाख ५ । झापाको दमक नगरपालिका-४ जनचेतना टोल स्थितमा ट्याक्टर दुर्घटना हुदा १ जनाको मृ’त्यु भएको छ । हिजो दिउसो साँढे ११ बजे बालुवा बोकेर उत्तरबाट दक्षिणतर्फ गईरहेको को २ त १७१ नम्बरको ट्याक्टरमा काम गर्ने स्थानीय १८ बर्षीय सुजन बि.क. ट्याक्टरबाट लडेर घाईते भएका थिए ।
घाईते भएका बि.क.लाई ट्रयाक्टर चालक र सवारी धनीले मोरङको उर्लाबारीमा रहेको अरनिको अस्पताल लगेकोमा उपचारको क्रममा हिजो दिउँसो सवा १ बजे बजे मृ’त्यु भएको थियो । घटनाबारे जानकारी पाएलगतै ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिगई सवारी धनी मोरङ उर्लाबारी-५ का ४४ बर्षीय अशोक लिम्बु र चालक झापा दमक नगरपालिका-४ का दिपेन कुरकोटीलाई नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको छ ।
संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना हुँदै
काठमाडौँ, ५ वैशाख (रासस) ः निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधित्व हुने गरी यही वैशाख १० गते आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) स्थापना हुँदैछ ।
निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्न आयोगका सहसचिवको संयोजकत्वमा गृहमन्त्रालय, रक्षा मन्त्रालय र सुरक्षा निकायका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतको प्रतिनिधित्व केन्द्रमा रहनेछ । यही वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयन यही वैशाख ११ र १२ गते हँुदैछ ।
निर्वाचन कार्यालय स्थापना गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने तथा जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयद्वारा सञ्चालित निर्वाचन कार्यक्रमसम्बन्धी प्रगति प्रतिवेदन तुरुन्त प्राप्त गरी सचिवालयमार्फत आयोगमा पेश गर्ने केन्द्रको मुख्य कार्य जिम्मेवारी रहने छ ।
विभिन्न सुरक्षा निकायसँग समन्वय र सम्पर्क गरी निर्वाचनसम्बन्धी वस्तुस्थिति बुझी सुरक्षासहित आयोगमा पेश गर्ने, निर्वाचन कार्यक्रम सञ्चालनसँग सम्बन्धित सबै विषय प्रवक्तामार्फत सबै सामु पु¥याउन आवश्यक सूचना र विवरण उपलब्ध गराउने कार्य जिम्मेवारी रहेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र अन्य निकायले पेश गरेका समस्या समाधान गर्न आवश्यक व्यवस्था मिलाउने, निर्वाचन सुरक्षा तथा निर्वाचन हिंसाका घटना परिघटनको सङ्कलन एवं विश्लेषण, रोकथाम र समाधान गर्नका लागि उपयुक्त कदम चल्न आयोग र सम्बन्धित निकायमा केन्द्रले सुझाव पेश गर्नेछ ।
निर्वाचन व्यवस्थापनसम्बन्धी सूचना सङ्कलन, प्रशोधन, विश्लेषण अद्यावधिक गर्ने तथा दैनिक प्रतिवेदनसम्बन्धी काम गर्ने केन्द्रबाट हुनेछ । केन्द्रले निर्वाचन कार्य सम्पन्नपछि आयोगसमक्ष अन्तिम प्रतिवेदन पेश गर्ने कार्य जिम्मेवारीेछ ।


