मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

मोरङ, बैशाख ७ । मोरङको बिराटनगरबाट मोटरसाईकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर-९ का ४० बर्षीय मो.ताहिर अन्सारी र सोहि स्थानका २९ बर्षीय मो. आलम रहेका छन् ।

सोमबार बिहान ९ बजे बिराटनगर महानगरपालिका-७ मा पार्किङ गरी राखिएको को ४ प ९७२५ नम्बरको टि.भि.एस.कम्पनिको मोटरसाइकल चोरी गरी भारत तर्फ लैजाने क्रममा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चोरी भएको मोटरसाईकल सहित उनीहरुलाई पक्राउ गरेको हो पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सर्वदलीय सहमतिमै तलब–सुविधा बढाइएको हो : मुख्यमन्त्री शाही
कर्णाली, ७ वैशाख (रासस) :कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूसँगको सहमतिमै तलब सुविधा बढाइएको स्पष्ट पार्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले प्रदेश पदाधिकारीहरूको तलब सुविधा बढाउनु बाध्यता भएको बताउनुभयो ।

मुख्यमन्त्री शाहीले प्रदेशसभा सदस्यहरूको मर्यादाक्रमअनुसार पारिश्रमिक नभएको गुनासो प्रदेशसभामै उठेपछि सर्वदलीय सहमतिका आधारमा सरकारले मन्त्रिपरिषद्बाट सुविधा हेरफेरसम्बन्धी निर्णय गरेको जानकारी दिनुभयो । अनुचित समयमा कर्णाली सरकारले मन्त्री र सांसदहरूको तलब बढाएको भन्दै आलोचना भएको थियो । मुख्यमन्त्री शाहीले केही सुविधा बढे पनि सातवटै प्रदेशमा सबैभन्दा कम सेवा सुविधा पाउने कर्णाली प्रदेशकै पदाधिकारी रहेको प्रष्ट पार्नुभयो । प्रदेश सरकारले एक महिनाअघि मुख्यमन्त्री, मन्त्री तथा प्रदेशसभाका पदाधिकारीहरूको पारिश्रमिक तथा सेवा–सुविधा बढाएको थियो ।

पत्रकार भेटघाटमा मुख्यमन्त्री शाहीले प्रदेशको पञ्चवर्षीय योजना तयार भइसकेकाले प्रदेश योजना आयोग पदाधिकारीविहिन हुँदैमा बजेट निर्माणमा असर नपर्ने बताउनुभयो । साथै उहाँले प्रदेशको औसत खर्च २१.८० प्रतिशत रहेको र तीमध्ये चालूतर्फ २७ तथा पुँजीगततर्फ १७ प्रतिशत खर्च भएको जानकारी दिनुभयो ।

थुपै्र आयोजना निर्माणाधिन अवस्थामा रहेकाले वर्षान्तमा यो बढ्ने उहाँको भनाई छ । यस अवधिमा रु ३६ करोड ४४ लाख राजस्व सङ्कलन भएको जनाइएको छ । मुख्यमन्त्री शाहीले प्रदेश सरकारले खेलकूद परिषद्का सदस्यसचिव हटाउने कुनै तयारी नगरेको र गलत सूचना फैलाइएको आपत्ति प्रकट गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।