बराह तालमा पूर्वाधार निर्माण

म्याग्दी, ८ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–७ बिमवाङस्थित बराह ताल संरक्षणका लागि पूर्वाधार निर्माण गरिएको छ ।

बराह तालको संरक्षण गरी पर्यटन विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माण गरिएको हो । मालिका गाउँपालिका–७ बिमका वडाध्यक्ष रेशम जुग्जालीले बराह तालमा घेराबार, पैदलमार्ग र सार्वजनिक शौचालय निर्माण गरिएको जानकारी दिनुभयो । “बराह ताललाई धार्मिक र पर्यटकीय गन्तब्य बनाउने अभियानमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “पूवार्धार निर्माणसँगै धार्मिक महत्व र पर्यटकीय सम्भावनाको प्रचारप्रसारमा जोड दिएका छौँ ।”

मालिका गाउँपालिकाको रु १० लाख सहयोगमा ताल वरपर ढुङ्गा बिछ्याएर पदमार्ग र पर्खाल निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको रु तीन लाख बजेटबाट ताल परिसरमा सार्वजनिक शौचालय निर्माण गरिएको हो । उपभोक्ता समितिका अध्यक्ष डेकप्रसाद फगामीले पदमार्ग र पर्खाल निर्माण भएपछि ताल आकर्षक बनेको बताउनुभयो । “प्रचारप्रसार नहुँदा बिम बराह ताल ओझेलमा परेको छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय चहलपहल बढ्न थालेको छ ।”

करिब ४५÷४५ मिटर लम्बाइ चौडाइ र तीन मिटरभन्दा बढी गहिरो ताल समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित छ । तालको पृष्ठभूमिमा धौलागिरि र गुर्जा हिमाल छन् । तालमा हिमालको छायाँ पर्दा मनमोहक दृष्य देखिन्छ । त्यहाँ रहेको जलबराहको थानमा पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । ताल गोलो आकारको छ । पर्खालले पाखोबाट तालमा आउने बाढी र भल तर्काउन सघाएको छ । भलबाढीले तालको गहिराइ र क्षेत्रफल घट्दै गएको थियो ।

ताल परिसरमा बगैँचा निर्माणका लागि युवाले फूलका बिरुवा रोपेका छन् । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि बिम, बिमवाङ हुँदै धार्मिक पर्यटकीयस्थल मालिका धुरी जोड्ने सडक सुगुरथलासम्म जोडिएको छ । यो सडकबाट एक मिनेट पैदलयात्रा गरेपछि तालमा पुग्न सकिन्छ । बेनी–टोड्के–मालिका–बराह ताल हुँदै धौलागिरि आधार शिविर जोड्ने पदमार्ग सञ्चालन, तालको संरक्षण, पर्यटकको सुविधाका लागि होमस्टे सञ्चालन र प्रचारप्रसारका लागि एकीकृत योजना बनाइएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।