सवारी दुर्घटनामा २ जनाको मृ’त्यु

बिराटनगर, जेठ ०६ । झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानमा बिहिवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृ’त्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका-२ रामचोकमा प्रदेश १-०१-००१ ख ३५९४ नम्बरको ट्रकले ठक्कर दिंदा पैदल यात्री बिर्तामोड-४ का ५२ बर्षीय टंक काफ्लेको मृ’त्यु भएको हो ।

सडकमा रोकीराखेको ट्रक सडकमा निकाल्नका लागी ब्याक गर्ने क्रममा ट्रकको पछाडीको भागले ठक्कर दिंदा घाईते भएका काफ्लेलाई उपचारको लागी बिर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा मृ’त्यु भएको तथा चालक र ट्रकलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

यसैगरी मोरङको सुनवर्षी नगरपालिका-६ मा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृ’त्यु भएको छ । बिहिवार दिउँसो अमरदहको भित्री सडक खण्डमा को २ त १४३७ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकमा दुर्घटना हुँदा घाईते भएका सुनवर्सी नगरपालिका-५ का ४५ बर्षीय राज कुमार सरदारलाई उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा मृ’त्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।

कमलामाईको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले
सिन्धुली, ६ जेठ (रासस) :कमलामाई नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखमा उपेन्द्र पोख्रेल र उपप्रमुखमा मञ्जु देवकोटा निर्वाचित हुनुभएको हो ।

प्रमुख पोखरेल १४ हजार १८७ तथा उपप्रमुख देवकोटा १२ हजार ६९४ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । प्रमुखका प्रत्यासी एमालेका महेन्द्रदेव श्रेष्ठले १२ हजार ५७६ तथा उपप्रमुखमा प्रत्यासी माओवादी केन्द्रका दीर्घराज श्रेष्ठले ११ हजार ६८७ मत प्राप्त गर्नुभयो ।

कमलामाई नगरपालिकाको १४ वडामध्ये एमाले सात, कांग्रेस ५ र माओवादी केन्द्र दुई वडामा विजयी भएको छ । एमालेले वडा नं ३, ७, ८, ११, १२, १३ र १४, कांग्रेस वडा नं १, ४, ५, ६ र ९ तथा माओवादी केन्द्र वडा नं २ र १० मा विजयी भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।