बालिका करणी आ,रोपमा जनप्रतिनिधि प,क्राउ
रोल्पा, ३ असार । एक बालिकालाई क,रणी गरेको आ,रोपमा रोल्पाका एक जनप्रतिनिधि प,क्राउ परेका छन । बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी प,क्राउ परेका हुन् । गत जेठ ३० गते केसीले बालिकालाई ज,बर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । केसीलाई प,क्राउ गरी रोल्पा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सिकलसेल रोकथाम गर्न विवाह कुण्डली मिलाउन सुझाव
नेपालगञ्ज, ३ असार । थारू समुदायमा देखिने सिकलसेल रोग रोकथामका लागि रगतजाँच गरेर विवाह कुण्डली मिलाउन चिकित्सकले सुझाव दिएका छन् । सिकलसेलबाट आफ्ना सन्तानलाई बचाउनका लागि अनिवार्यरूपमा रगतजाँच गरेर विवाह कुण्डली मिलाउन भनिएको पम्प्लेट बाँकेका थारू गाउँहरूमा छ्याप्छ्याप्ती बाँडिएका छन् ।
सिकलसेल विशेषज्ञ डा राजन पाण्डेले तयार पारेको विवाह कुण्डलीमा ‘कस्ताले कस्तासँग विवाह गर्ने’ भन्ने विषयलाई प्राथमिकता दिइएको छ । उहाँले तयार पारेको विवाह कुण्डलीमा सिकलसेलका बिरामी–बिरामीबीच विवाह गर्नै नमिल्ने उल्लेख गरिएको छ । पचास प्रतिशत बिरामी र ५० प्रतिशत बाहकले पनि विवाह गर्न नमिल्ने भनिएको छ । पच्चीस प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्दा पनि सोचविचार गर्नुपर्ने भनिएको छ ।
बाहक–बाहक, ५० प्रतिशत सामान्य र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्न मिल्ने उल्लेख गरिएको छ । अहिले रोग नदेखिए पनि उसबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’ भनिएको छ । अहिलेको पुस्तामा रोग देखिएको छैन । उसका सन्तानमा रोग देखिन सक्नेलाई बाहक भन्ने गरिएको छ ।सामान्यता विवाह गर्दा चिना हेर्ने गरिन्छ । तर थारू समुदायमा भने रगतजाँच गर्नुपर्ने अवस्था आएको छ । सन्तानलाई सिकलसेलबाट बचाउनका लागि रगत जाँच गरेर मात्रै कुण्डली मिलाउनुपर्ने भएको छ । बाँकेको थारू बाहुल्य गाउँमा यतिबेला बिरामी र बाहक पत्ता लगाउने काम भइरहेको छ ।
स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले बिरामी र बाहक पत्ता लगाएर उनीहरूलाई विवाह कुण्डलीका बारेमा जानकारी दिने काम भइरहेको जानकारी दिनुभयो । थारू समुदायमा स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेलका ९०० बिरामीले भेरी अस्पतालबाट औषधि सेवन गरिरहेको डा पाण्डेले जानकारी दिनुभयो । पश्चिम नेपालका विभिन्न जिल्लामा तीन हजार ८०३ जनाले नियमित औषधि सेवन गरिरहेको उहाँले बताउनुभयो । डा पाण्डेले सिकलसेलको रोकथाम भनेकै पूर्वतयारी भएकाले रगतजाँच गरेर कुण्डली मिलाइ विवाह गर्दा नियन्त्रण गर्न सकिने उल्लेख गर्नुभयो ।


