असिनाले आलु बर्वाद

बलेवा, २३ असार । काठेखोला गाउँपालिका–३ धम्जा आलुको पकेट क्षेत्र हो । यहाँका अधिकांश किसानको बार्षिक आम्दानीको स्रोत हो आलु खेती । आलुका अलवा यहाँ मकै, गहुँ जौ, कोदो र अन्य नगदेबालीको पनि राम्रो खेती हुन्छ । माटो, सिँचाइ र हावापानीले साथ दिएको भए पनि पछिल्लो समय यहाँका किसान दैवीप्रकोपबाट आजित भएका छन् । बर्सेनि असिना र तुसारोका कारण बालीमा हुने क्ष,तिले यहाँका किसानलाई सताएको हो । धम्जाका किसान डिलबहादुर छन्त्याल असिनाको मारमा नपरेको भए अहिले उहाँको भण्डार गृह आलुले भरिएको हुन्थ्यो तर, चैत वैशाखमा वर्षासँगै आएको असिनाले उहाँको बालीमा ठुलो क्ष,ति ग¥यो ।

केही वर्ष पहिलेसम्म उहाँको बारीमा लगाएको आलुमा एक झालमा आधा किलो आलु फल्थे । यो वर्ष एक झालमा दुईतीन दाना मात्रै उहाँले फसल लिन पाउनुभयो । “दुई वर्षअघि असिनाले खायो आलु भएन, पोहोर साल असिना नपरेकाले राम्रो फलेको थियो”, छन्त्यालले भन्नुभयो, “अहिले त ठूलो खात लागेर असिना पार्यो आलु फलेन ।”

तुसारो र असिनाका कारण आलुमा देखिने रोगको सङ्क्रमणका कारण उत्पादन कम हुँदा यहाँका किसानलाई गुजारा चलाउनै कठिन हुने गरेको छ । धम्जामा व्यवसायीक रुपमै आलुको खेती गर्दै आएका डिलबहादुर छन्त्याल, तुलबहादुर छन्त्याल र मनबहादुर थापाजस्ता कयौँ किसानको लाखौँको आलुबाली नष्ट भएको तथ्याङ्क वडा कार्यालयसँग छ ।

धम्जामा असिनाका कारण हुने क्षतिको कमी गर्नका लागि सरकारले कार्यक्रम ल्याउनुपर्ने किसानको माग छ । असिनाले मकै, जौ, गहुँ, कोदो र अन्य नगदेबाली तथा फलफूल तरकारीमा ठूलो क्ष,ति पु¥याउने गरेको छ । यस वर्ष मात्रै झण्डै रु ३० लाख मूल्य बराबरको आलु बालीमा क्ष,ति भएको तथ्याङ्क वडा कार्यालयसित छ ।

“हामी असिनाको रोकथामका लागि आलु बालीमा जाली लगाउने की भन्ने योजानमा छौँ”, वडाध्यक्ष तुलबहादुर विकले भन्नुभयो, “असिना र तुसारोबाट जोगाउने उपायको खोजीमा र्छौं ।” वडाले पी,डित किसानका लागि राहत उपलब्ध गराउन र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन क्ष,तिको विवरण तयार गर्ने काम गरिरहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖