झापामा ६ वर्षीया बालिका ब,लात्कृत

झापा, ५ भदौ । झापामा ६ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई ब,लात्कार गरेको अभियोगमा बारा जिल्ला घर भई कन्काई नगरपालिका–४ कञ्चन टोल बस्ने १९ वर्षीय सामहम्द अन्सारीलाई शनिबार प्रहरीले प,क्राउ गरेको छ । सामहम्दले ती बालिकालाई शुक्रबार दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई प,क्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

राष्ट्रिय पुस्तकालय दिवस साताव्यापीरुपमा मनाइने
बागलुङ, ५ भदौ । जिल्लाकै जेठो विद्यामन्दिर पुस्तकालयले १५औँ राष्ट्रिय पुस्तकालय दिवस साताव्यापी कार्यक्रम गरेर मनाउने भएको छ । यस वर्ष ‘पढौँ, पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ” भन्ने आदर्श वाक्यसहित उक्त दिवस मनाइँदैछ ।
भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस पर्ने र त्यस अवसरमा भदौ ९ देखि नै विविध कार्यक्रम तय गरिएको पुस्तकालयका सचिव रामचन्द्र शर्माले जानकारी गराउनुभयोे । उहाँका अनुसार पहिलो दिन पुस्तकालय परिसरसहित सदरमुकामका चोकमा दिवसको ब्यानर प्रदर्शन गरिनेछ ।

भदौ १० गते पुस्तकालयको बाल कक्षमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सामग्री वितरण, ११ गते अन्य साहित्यिक संस्थासँगको सहकार्यमा मोती जयन्ती, १२ गते माध्यमिक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, १३ गते पुस्तकालय परिसरमा सरसफाइसँगै कारागारमा रहेका कैदीबन्दीलाई पुस्तक उपहार दिने कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो ।चौध गते पुस्तकालयको सभाकक्षमा चित्रकला प्रदर्शनी र १५ गते मूलसमारोह आयोजना गरिने भएको छ । गत वर्ष कोभिड–१९ का कारण दिवस आयोजनामा असर परे पनि यो वर्ष साताव्यापीरुपमा मनाउन लागिएको पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माले बताउनुभयो ।

“दिवस पुस्तकालय प्रेमीका लागि वार्षिक पर्व जस्तो हो, यस दिवसले पुस्तकालयको महत्व पनि उजागर हुने गर्छ, पुस्तकालयप्रति आकर्षण पनि बढ्छ”, उहाँले भन्नुभयो । विसं २००३ मा स्थापित उक्त पुस्तकालय देशकै अग्रणी पुस्तकालयमध्येमा पर्छ । राणाकालको प्रतिकूल समयमा पुस्तकालय स्थापना भएका कारण पनि यसको अलग्गै पहिचान र गरिमा छ । यस क्षेत्रको शैक्षिक, सामाजिक, सांस्कृतिक र राजनीतिक जागरणको केन्द्रको रुपमासमेत विद्यामन्दिर पुस्तकालयलाई लिने गरिन्छ । स्थापनाकालमा काठमाडौँ उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १५ हजार पुस्तक छन् । पुस्तकालयमा अहिले विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) पनि छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक ठाँटीको पौवामा चलेको पुस्ताकालयको अहिले आफ्नै सुविधासम्पन्न भवन छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।