मोरङमा विभिन्न हा,तहतियार सहित एक जना प,क्राउ
मोरङ, ६ भदौ । सुनवर्षी नगरपालिका–८ खडेबारीबाट विभिन्न हातहतियारसहित एक जनालाई सशस्त्र प्रहरीले प,क्राउ गरेको छ । प,क्राउ पर्नेमा सोही नगरपालिका–८ हरिचन्द्रगढी बस्ने २९ वर्षीय आरिफ मियाँ छन् । उनलाई आइतबार साँझ प्रहरीले प,क्राउ गरेको हो ।
उनको साथबाट अटोमेटिक चाईनिज पेस्तोल एक थान, म्याग्जिन एक थान, ७.०५ एमएम राउण्ड एक थान र सिक्सर पेस्तोल एक थान बरामद भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सिक्टीबाट खटिएको टोलीले को.२७ प ४०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा आरिफलाई कम्मरमा लुकाई ल्याएको उक्त ह,तियारसहित फेला पारी प,क्राउ गरेको हो ।
थप सोधपुछको क्रममा ती ह,तियारहरू उर्लाबारी नगरपालिका–६ तरुण टोल बस्ने २९ वर्षीय नबिन धिमालले मगाएको खुल्न आएपछि प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले उनलाई रतुवामाई नगरपालिका–८ डाम्राभिट्टाबाट प,क्राउ गरेको छ । उनको साथबाट प्रहरीले नगद ४७ हजार ७ सय ७० रूपैयाँ समेत बरामद गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


