सिंगारिए बाल कक्षा कोठा

खोटाङ, १० भदौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको पोखरीस्थित सरस्वती आधारभुत विद्यालयको बाल कक्षा कोठामा भित्ते चित्र लेखन गरिएको छ । विद्यालयका पूर्वविद्यार्थी हरि राईको संयोजनमा क्लब हाउसको द स्पिकर क्लव अन्तरगत न्यूजगफकोतर्फबाट बाल कक्षा कोठाको भित्तामा चित्र लेखन गरिएको हो ।

बाल कक्षा कोठाको भित्तामा सरस्वती, कृष्ण, नेपालको राष्ट्रिय झण्डा, सगरमाथा, रुख सर्प, पुतली लगायतका चित्र पेन्टिङ गरेर बनाइएको छ ।बालबालिकालाई कक्षा कोठामा आकर्षित गर्दै बौद्धिक विकासमा सघाउ पुर्‍याउनका लागि भित्तामा विभिन्न रंगका चित्र कोरिएको न्यूजगफ केशवप्रसाद बोहोराले बताए ।

‘क, ख र ए, बी,सी, डी’ छिटो सिक्ने वातावरण सिर्जना गर्ने उद्देश्यले दुई दिन लगाएर बाल कक्षा कोठाको भित्तामा आकर्षक चित्र कोरिएको हो । बालबालिकालाई सहजरुपमा बस्नका लागि कक्षाकोठाको भुँइमा कारपेट तथा फम ओछ्याइएको छ ।

भित्ते चित्र लेखन गरिएको कक्षा कोठा नगरपालिका प्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विसन राई, वडाध्यक्ष नवराज राईलगायतको टोलीले अवलोकन गरेका छन् । कार्यक्रममा द स्पिकर क्लब अन्तर्गत न्यूजगफले विद्यालयलाई विभिन्न धार्मिक ग्रन्थ, उपन्यास, कथा, कविता, जीवन र दर्शनसम्बन्धी पाठ्यपुस्तक तथा बालबालिकाका लागि विभिन्न खेलौना प्रदान गरेको छ ।

शैक्षिक सामग्री न्यूजगफका बोहोराले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रकुमार बजियम र प्रधानाध्यापक मीनबहादुर खत्रीलाई प्रदान गरेका छन् । हाल बेलायत रहेका हरिले आफूले अध्ययन गरेको विद्यालयको शैक्षिक स्तरोन्नति र विद्यार्थीको भविष्य विकासका निम्ति भित्ते चित्र लेखन गर्न सहयोग र समन्वय गरेका हुन् । सरस्वती आधारभूत विद्यालय २०३३ सालमा स्थापना गरिएको हो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।