दिक्तेल रुपाकोटकाे निर्णय : सडक तथा पुल निर्माणमा समन्वय गर्ने, लेखा कर्मचारीको तलब वृद्धि गर्ने

खोटाङ, १० भदौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अन्तरपालिका जोड्ने सडक तथा पुल निर्माणका लागि छिमेकी पालिकासँग समन्वय गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले अन्तरपालिका जोड्ने सडक तथा सडक पुलको पहिचान गरी निर्माणका लागि सम्वन्धित पालिकासँग समन्वय र सहकार्य गर्ने निर्णय गरेको हो ।

सडक तथा सडक पुल निर्माणका लागि बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर), आइइइ/इआइए/बिइएस र डिजाइन स्टीमेट तयार गरी संघीय तथा प्रादेशिक मन्त्रालय तथा निकायमा माग प्रस्ताव गर्ने निर्णय गरिएको नगरका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए ।

अन्तरपालिका जोड्ने सडक, पुल लगायतका संरचना निर्माण वा कार्यक्रम सञ्चालनमा पालिका–पालिकाबिचमा समन्वय र सहकार्य हुन नसकिरहेको अवस्थामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अन्तरपालिका सहकार्यको निर्णय गरेको हो ।

विद्यालय लेखा कर्मचारीको तलब वृद्धि
नगर कार्यपालिका बैठकले नगरका २१ वटा माविमा कार्यरत २१ विद्यालय लेखा कर्मचारीको तलव मासिक २० हजार पुर्‍याउने निर्णय गरेको छ । यस्तै, शिक्षातर्फको बजेट तथा कार्यक्रममा माबि तहमा अंग्रेजी, गणित र विज्ञान विषयमा शिक्षण सहयोग अनुदान शिर्षकमा विगतका वर्षभन्दा कम रकम प्राप्त भएकोले विगतका वर्षहरुमा अनुदान दिइँदै आएको रकमबाट विद्यालयलाई दामासाही रुपमा अनुदान प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

त्यसैगरी नगर शिक्षक अनुदान शिर्षक अन्तर्गत विनियोजित रकमबाट विगतका वर्षहरुमा अनुदान दिँदै आएको विद्यालयलाई दामासाही रुपमा अनुदान प्रदान गर्ने निर्णय गरिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।