गाउँमै विद्यालय बनेपछि लालीगुराँसका बालबालिका हर्षित

प्रकाश पाक्साँवा/तेह्रथुम, १० भदौ । तेह्रथुम लालीगुराँस नगरपालिका-५ सिरीसेका बालबालिका घर नजिकै विद्यालय नहुँदा घण्टौ लामो बाटो हिँडेरै विद्यालय पुग्नु पर्थ्याे। बर्षादको समयमा बालबालिकाहरू विद्यालय पुग्नै समस्या हुन्थ्यो । तर, लालीगुराँस नगरपालिकाले गाउँमै सिरिजंङगा आधारभूत विद्यालय स्थापना गरेपछि यहाँका बालबालिकाहरूलाई सहज भएको छ ।

नगरपालिकाले यहाँका बालबालिकाहरूको समस्यालाई मध्यनजर गर्दै विद्यालय स्थापनामा जोड दिएको हो । विद्यालय स्थापनासँगै अत्याधुनिक प्रविधिबाट विद्यालयमा पठनपाठन गरिने नगरपालिकाका नगरप्रमुख अर्जुन माबोहाङले बताए ।

‘विद्यलायमा बालबालिकाहरूलाई कम्प्यृुटर शिक्षाका साथै दृष्यचित्र प्रविधिबाट शिक्षा दिने तयारी गरेका छौँ । गाउँका बालबालिकाहरू शिक्षाबाट बञ्चित नहोस् भन्ने उद्देश्यका साथै शिक्षालाई प्रविधिमैत्री बनाउने हाम्रो लक्ष्य हो,’ माबोहाङले भने । विद्यालयको भवन निर्माण गर्न नगरपालिकाले २ लाख ५० हजार रकम विनियोजन गरेको थियो । नगरपालिका सहयोग स्थानीयवासीको श्रमदानले भवन निर्माण सम्पन्न भएको हो । भवन सम्पन्न भएसँगै विद्यालयमा पठनपाठन सुरु समेत भएको छ । बाल कक्षामा २० जना विद्यार्थी भर्ना भएको विद्यालयका शिक्षिका सुशीला लिम्बूले बताइन् ।

गाउँमै विद्यालय स्थापना भएपछि यहाँका नागरिकहरूले स्थानीय सरकार नागरिकहरूको समस्यामा साथमै रहेको महशुस गरेका छन् । घर नजिकै विद्यालय नहुँदा नानीहरूलाई विद्यालय पुर्‍याउन नै समस्या हुँदै स्थानीय वेदना लिम्बूले बताइन् । उनी भन्छिन्, ‘ गाउँमै विद्यालय स्थापनाले नानीहरूलाई सजिलो मात्रै भएको छैन हामीलाई समेत राहत मिलेको छ ।’विद्यालय स्थापनाको लागि स्थानीय लोकमान लिम्बू मादेनले नि:शुल्क जग्गा प्रदान गरेका थिए । जग्गा प्रदान गर्ने मादेन र उनका श्रीमती टिकामाया लिम्बूलाई सम्मान गरिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖