कलाकारको तीज : अरूलाई नचाउँदै, आफू पनि मनाउँदै

उर्मिला भण्डारी/काठमाडौँ, १४ भदौ (रासस) : अभिनेत्री अनु शाहलाई मनपर्ने चाडमध्ये तीज पनि एक हो । “यो चाड विशेषत महिला दिदीबहिनीका लागि भएर पनि होला मलाई एकदमै मन पर्छ । मलाई तीज भन्नेबित्तिकै राति उठेर खाने दर र रातो पहिरनको निकै याद आउँछ”, उहाँ भन्नुहुन्छ । अभिनेत्री शाहले प्राय परिवारसँगै घरमै बसेर अघिल्लो दिन दर खाने, भोलिपल्ट स्नान गरी व्रत बस्ने र नाचगान गरेर तीज बनाउँदै आउनुभएको छ ।

हाल क्यानडामा रहनुभकी नायिका एलिजा गौतमलाई तीजका कुरा गर्दा सानो बेलाका यादहरु आउने गर्छ । यसपटक माइतीको हजुरआमा बितेकाले उहाँले तीज मनाउनुभएको छैन तर उहाँलाई तीजका यादहरू मनभरि आइरहेका छन् । नायिका गौतम भन्नुहुन्छ, “तीज हामी नेपाली महिला दिदी–बहिनीको महान् चाड हो । पहिले–पहिले आमा हजुरआमाले मनाउँदाजस्तै रमाइलो अहिले पनि हुने गरेको छ, बिहे गरेका छोरी चेलीबेटी भेला भएर तीजको अघिल्लो दिन दर खाएर भोलिपल्ट व्रत बस्दा छुट्टै रमाइलो हुन्छ ।”

आफू जता भए पनि तीजमा चाहिँ सबै जनासँगै जम्मा भएर दुःखसुख साटासाट र नाचगान गर्ने चलन पहिलेदेखि चल्दै आएको छ, चाडपर्वमध्ये तीजलाई मैले महान् चाडको रुपमा लिने गरेको छु”, उहाँ जोड दिनुहुन्छ, “तीजका बेलामा आलु र करेलाको पक्कु मेरो ममीले एकदमै मीठो बनाउनुहुन्छ, ढकनी, काँक्रोको अचार (खल्पी), ठेकीमा हालेको दही, काँक्रो, फर्सीको मुन्टा आदि सानैदेखि खाँदै हुर्केको भएर पनि होला तीज भन्नेबित्तिकै पुरानै याद आउँछ ।” यसपटकको तीजमा गौतमको काला चश्मा नृत्य निकै लोकप्रिय पनि भएको छ ।

अभिनेत्री सञ्चिता लुइँटेल आफन्त, दिदीबहीनी एकदम टाढा–टाढा भएकाहरूसँग भेट गरेर नाचगान गर्ने पर्वका रूपमा तीजलाई लिनुहुन्छ । “तीजमा मीठो परिकार दर बनाएर खाने, सुख, दुःख, वेदनालाई गीतमा अभिव्यक्त गरेर रमाइलो गर्ने गरिन्छ, तीज भन्नेबित्तिकै रातो सारी लगाएर शिवजीको व्रत बस्ने र पूजा गर्ने नै हो”, उहाँ भन्नुहुन्छ । “ मेरा दुई बहिनी एक महिना अगाडिदेखि नेपालमै थिए, यसपालि तीजमा सँगै बसौँला रमाइलो गरौँला भन्ने सोच थियो तर माहिली बहिनी फ्रान्स गई, कान्छी बहिनी अमेरिका गई म र ममीमात्र भएकाले अब हजुरमुमाका जाने र सबै जना भेला भएर मीठा–मीठा परिकार खाइ नाचगान गरेर मनाउने सोचमा छु ।”

लोकगायिका पूर्णकला बिसी कार्यक्रमहरुमै व्यस्त हुनुहुन्छ । “सानैदेखि नाच्ने गाउने रमाइलो गर्ने पर्व भएका कारण मैले तीजलाई वशेष चाडका रूपमा लिने गरेको छु, आफू गीतसङ्गीततिर आबद्ध भएका कारण पनि मैले बच्चैदेखि तीजलाई मन पर्ने चाडको रुपमा लिन्छु”, उहाँ भन्नुहुन्छ, “बाल्यकालदेखि नै तीजमा मात्र एकपटक नयाँ लुगा लगाइने गरिन्थ्यो । जुनसुकै बेलामा कपडा खरिद गर्न सक्ने अवस्था थिएन वर्षमा एकपटक नयाँ कपडा लगाउने चलन भएकाले पनि मलाई बाल्यकालकै कुराहरू याद आइहाल्छ ।” उहाँ पोखरामा तीजका कार्यक्रम सकेर स्याङ्जा घरमा पुगेर तीज मनाउँदै हुनुहुन्छ ।

तीजका कार्यक्रममा प्रस्तुतिका लागि व्यस्त गायिका राधिका हमाल पनि तीजलाई विशेष चाडका रुपमा लिनुहुन्छ । “तीज संस्कार र संस्कृति बोकेको महिलाका लागि विशेष चाड हो । यसको परिभाषा मैले दिन त असम्भव छ, तर पनि नेपाली महिलाको विशेष चाडका रूपमा तीजलाई लिने गर्छु”, उहाँ बताउनुहुन्छ , “तीजमा मेरो विभिन्न कार्यक्रम त भइरहेको छ । त्योभन्दा पनि मैले तीजमा साना–साना भाइबहिनीलाई सहयोग गर्ने गरेको छु । यसपालिको तीजमा पनि बालबालिकालाई सहयोग गर्छु र ललितपुर लेलेमा तीज विशेष कार्यक्रममा सहभागी हुँदैछु ।”

गायिका सुशीला पाठक ‘पापाकी परि’ गीतबाट चर्चामा आउनुभएपछि कार्यक्रमतिर व्यस्त हुनुभएको छ । अर्की गायिका एन्जिला रेग्मीलाई पनि तीज निकै राम्रो लाग्छ । “नारीहरूको महान् पर्वका रूपमा लिइने तीज म चाहिँ रमाइलोे चाडका रुपमा लिन्छु । सबै जना भेला भयो, गायो, नाच्यो दिदीबहिनीले लागाएको हरियो, रातो सारी यस्ता विभिन्न कुराले गर्दा तीज रमाइलो लाग्छ”, उहाँ बताउनुहुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।