सफा र हरियाली बनाइँदै विराटनगर

काठमाडौँ,२४ भदौ । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सरसफाइ अभियानलाई तीव्रता दिएको छ । प्रत्येक शुक्रबार बिहानको समयमा सरसफाइ अभियानअनुसार आज महानगरपालिकाको बसपार्क क्षेत्रमा सफाइ अभियान सञ्चालन गरियो ।

बसपार्क टोल विकास समिति र जिल्ला प्रहरी कार्यालयको समुदाय– प्रहरी साझेदारीद्वारा संयुक्तरुपमा आयोजित सरसफाइ अभियानमा महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की र मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको सहभागिता रहेको थियो । बसपार्कबाट सञ्चालित सफाइ अभियान नयाँ गुद्रीलगायत जनथप टोलसम्म सञ्चालन गरिएको छ ।

सरसफाइ अभियानमा वडा नं ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, टोल विकास समितिका अध्यक्ष पदम श्रेष्ठ, महानगरका कर्मचारी, जिल्ला प्रशासन कार्यालयका कर्मचारी, प्रहरी र होटल व्यवसायी एवं सर्वसाधारणको सहभागिता रहेको थियो ।

सो अवसरमा ‘आफ्नो घर आँगन आफैँ सफा राखौँ, सफा, सुन्दर महानगर बनाऔँ’ नारासहित कार्यक्रम गरिएको थियो । सफाइ अभियानबाट नगर क्षेत्र केही दिनदेखि सफा र हरियाली देखिएको छ । नगरवासीमा सरसफाइप्रति चेतना अभिवृद्धि भएको पाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖