तेह्रथुम, संखुवासभा र ताप्लेजुङलाई मुन्धुमी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न अध्ययन

प्रकाश पाक्साँवा/तेह्रथुम, २७ भदौ ।पूर्वी पहाडी जिल्ला तेह्रथुम,संखुवासभा र ताप्लेजुङलाई मुन्धुमी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न अध्ययन गरिएको छ । चोलुङ-मेन्छ्यायेम-असाङलुङ-सेमसेमलुङ-फक्ताङलुङ -केलाङसित्लाङ मुन्धुमी पदमार्गको अध्यायन अन्वेषण गरिएको हो ।वनस्पति विज्ञ कमल मादेन, वातावरण विज्ञानमा चीनबाट विद्यावारिधि गर्दै आएका दिपक खड्का, मुन्धुमविद् तथा लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङ, पर्यटन पत्रकार संघ प्रदेश नं १ का विराट अनुपमलगायत २१ जनाको टोलीले जैविक विविधताको अध्ययन अन्वेषण गरेको छ ।

आदिमकालदेखि बसोबास गर्दै आएका लिम्बू समुदायको जन्मदेखि मृत्यृसम्म संस्कार (मुन्धुम शास्त्र) सँँग जोडिएको मुन्धुमी स्थललाई पदमार्गका रूपमा अवधारणा अघि सार्दै अध्ययन गरिएकाे लालीगुराँस नगर प्रमुख माबोहाङले बताए । खोलानाला, डाँडाकाँडा, प्राकृतिक जैविक विविधता तथा हिमाल यहाँका आदिवासी जनजाति लिम्बूहरूसँग आस्था जोडिएकाले पर्यावरण बचाइराख्ने उद्देश्यले मुन्धुमी पदमार्गको अवधारण ल्याइएको हो ।

‘लालीगुराँस नगरपालिकालाई पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पदमार्गको अध्ययन गरेका हौ । अरुण पूर्व बसोबास गर्दै आएका कुनै पनि जाति, धर्म, संस्कार, संस्कृति, कला साहित्य, बोटविरुवा, वातारण,पशुपक्षीको अध्ययन गर्दै विदेशी तथा स्वदेशी अनुसन्धानकर्ता तथा पदयात्रीलाई पर्यटक सूचक पर्यटनसम्बन्धी सम्पूर्ण जानकारी दिने केन्द्रको रूपमा विकास गर्ने तयारी गरिरहेका छौ । लिम्बूहरूको मुन्धुम आदिम जातिको ज्ञान अध्ययन गर्न सकून् भन्ने लक्ष्यका साथ पदमार्ग निर्माण गरिएको हो,’ माबोहाङले भने ।

टोलीले चोलुङ पार्कदेखि तीनजुरे, चौकी, मंगलबारे, गुफापोखरी, डोबाटे, गिद्धे, खम्बुले, सभापोखरी, तीनपोखरी, कालो पोखरी, साजु पोखरी, सोधुङ पोखरी,भूतपोखरी, ताक्पेगोलालगायतका स्थानको अध्ययन अन्वेषण गरेको पर्यटन पत्रकार संघ प्रदेश नम्बर १ का अध्यक्ष विराट अनुपमले बताए ।

पदमार्ग क्षेत्रमा संरक्षणको अभावमा धेरै प्रजातिका जनावर र बिरुवाहरू स्थानीय, दुर्लभ र खतरामा पर्दै आएका छन् । कस्तुरी मृग (मोस्चस क्रिसोगास्टर), रातो पाण्डा (आइलुरस फुलजेन्स), हिउँ चितुवा (उन्सिया अनसिया), ताकिन (बुडोरकास ट्याक्सीकलर) र पाँचऔंले (ड्याक्टाइलोरहिजा हाटागिरिया), कुत्की (नियोपिक्रोफ्लोराहिजा) सहित अन्य धेरै खतरामा परेका र लोपोन्मुख वनस्पति प्रजाति पाइने गरेका छन् ।

यस क्षेत्रमा वनस्पतिको अध्यायनका लागि सरकारले चासो देखाउनुपर्ने वनस्पतिविज्ञ कमल मादेनले बताए । यार्चागुम्बा (ओफियोकोर्डिसेप्स साइनेन्सिस), जटामांसी (भलेरियाना जटामांसी), सर्पगन्धलगायत विभिन्न प्रजातिका जडीबुटी पाइने गरेको छ । पदमार्ग क्षेत्रमा पाइने नीलो भेडाहिउँ चितुवा, हिमालयन कालो भालु जस्ता वन्यजन्तु संरक्षणमा समेत टेवा पुग्ने अपेक्षा गरिएकाे छ । पदमार्ग क्षेत्रमा भौतिक पूर्वाधार नहुँदा पर्यटकलाई यात्रा गर्न समस्या भइरहेको अध्ययन टोलीका कासाङ शेर्पाले बताए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।