राप्रपा खोटाङले गर्‍यो उम्मेदवार सिफारिस

खोटाङ, २९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङले प्रतिनिधिसभा र प्रदेश सभाका निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । आसन्न ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि राप्रपाले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ अर्जुन राई, सर्जु श्रेष्ठ, रबिन राई र जगदीश राजभण्डारीको नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ अर्जुन राई, जगदीश राजभण्डारी, शोभा राई र भरुमायाँ विश्वकर्माको नाम सिफारिस गरिएको राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राईले बताए । यस्तै, प्रदेश सभा (क) बाट प्रत्यक्षतर्फ गुण राजभण्डारी, सर्जु श्रेष्ठ र मोतीचन्द्र राई सिफारिस भएका छन् । समानुपातिकमा ललितकुमार राई, विजयकला राई, जगदीश राजभण्डारी, नरबहादुर रम्तेल र तारादेवी श्रेष्ठको नाम सिफारिस गरिएको राप्रपाले जनाएको छ ।

प्रदेश सभा (ख)बाट प्रत्यक्षमा अर्जुन राई, ललितकुमार राई, तारादेबी श्रेष्ठ र ताराकुमार थापाको नाम सिफारिस गरिएको छ । समानुपातिकमा अर्जुन राई, कृष्णकुमारी राई, ताराकुमार थापा, कैलाश भट्टराई र नन्दकिशोर बञ्जरा सिफारिस भएको अध्यक्ष राईले जानकारी दिए ।

मंगलबार जिल्ला समन्वय समितिको हलमा भएको भेला एवं छलफलबाट राप्रपाले उम्मेदवारको नामावली टुंग्याएको हो । हलको मागका आधारमा अर्जुन राईको नाम भने संघ र प्रदेशमै पठाइएको राप्रपाले जनाएको छ । अर्जुन संविधानसभा सदस्य पनि हुन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।