चखेवाभञ्ज्याङ–सेखुवा सडक मर्मत गरिँदै

खोटाङ, ११ असोज । काम छाडेर ठेकेदार वेपत्ता भएपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय काभ्रेपलाञ्चोकले खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक खण्ड मर्मत सुरु गरेको छ ।

पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्ज्याङ–सेखुवा सडक खण्ड कालोपत्रेको जिम्मा लिएको निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभी, काठमाडाैँ सम्पर्कविहीन बनेपछि स्वयं कार्यालयले मर्मत सुरु गरेको हो । वर्षाको समयमा झरेको पहिरो पन्छाएर निर्वाधरुपमा सवारी साधन सञ्चालनमा ल्याउनेगरी सडक मर्मत सुरु गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयले जनाएको छ ।

विशेषगरी दशैंतिहार र छठ जस्ता चाडवाडको बेला हुने आवात–जावतलाई मध्यनजर गर्दै बिहिबारदेखि सडक मर्मत सुरु गरिएको सव–इन्जिनियर केशव पौडेलले बताए । निर्माण व्यवसायी सडक कालोपत्रेको काम अलपत्र छाडेर नफर्किएकाले स्यवं पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाले निर्माण कम्पनीको दायित्वभित्रको काम सुरु गरेको हो ।

सडक मर्मतका विषयमा शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयर तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईं, डीएसपी मञ्जिल मुकारुङ लगायतको टोलीले स्थलगत निरीक्षण गरेका छन् ।

काठमाडाैँ–खोटाङ–भोजपुर यात्रा गर्ने यात्रुले सेखुवा–चखेवाभञ्ज्याङ सडक पार गर्नुपर्ने हुन्छ । तर निर्माण कम्पनीले अलपत्र पारेको सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ । वर्षा याममा सडकमा सवारी साधन नगुड्दा बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन कठिन हुने गरेको स्थानीय बताउँछन् ।

चखेवाभञ्ज्याङबाट सेखुवा हुँदै दिक्तेलसम्मको (४६ किलोमिटर) सडक खण्ड मर्मत गरिने सव–इन्जिनियर पौडेलले बताए । चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रेको तेश्रोपल्ट थप भएको म्याद सकिँदा करिब ३५ प्रतिशत मात्र काम भएको छ । तेश्रोपल्ट थप भएको म्याद २०७८ फागुन ३० गते सकिएको थियो ।

चखेवाभञ्ज्याङ–दिक्तेल सडकको पाँच प्याकेजमध्ये चखेवाभञ्ज्याङ–सेखुवा खण्डको काम अलपत्र परेको हो । चार प्याकेज (सेखुवा–दिक्तेल ३६ किलोमिटर) कालोपत्रेको काम भने रमन–गोल्डेन गुड जेभीले सम्पन्न गरिसकेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖