राज्यले दिने मासिक स्वास्थ्य सुविधा छथर गाउँपालिकाले उपलब्ध गराउने

प्रकाश पाक्साँवा/तेह्रथुम, ११ असोज। नेपाल सरकार दिने स्वास्थ्य सुविधा छथर गाउँपालिकाले उपलब्ध गराउने भएको छ । मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूले पाउने मासिक पाँच हजार गाउँपालिकाले उपलब्ध गराउने भएको गाउँपालिकाले जनाएको छ । सेवा लिन वडा कार्यालयबाट प्रक्रिया पूरा गाउँपालिकामा सूचीकृत हुनसमेत आग्रह गरिएको छ ।

गाउँपालिकाले दीर्घरोगीहरूलाई पाँच हजारदेखि २५ हजार सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । ‘हामीले गाउँपालिकामा रहेका दीर्घरोगीहरूलाई सहयोग मात्रै गरेका छैनौं, स्वास्थ्य बिमासमेत नि:शुल्क गर्दै आएका छौं । गाउँपालिकामा रहेका नागरिकहरूलाई सरकार आफूसँग भएको अनुभूति दिलाउने उद्देश्यका साथ हामीले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छौं,’ उनले भने ।

गाउँपालिकाले जेष्ठ नागरिकहरूलाई घरैमा पुगेर स्वास्थ्य जाँच औषधि वितरणका आएको छ । गाउँपालिकाको तथ्याङ अनुसार दीर्घरोगीलाई करिब २५ लाख रुपैयाँ वार्षिक सहयोग गरेको जनाएको छ ।

गाउँपालिकामा रहेका नागरिकहरूलाई स्वास्थ्य सेवा दिन विभीन्न वडामा स्वास्थ्य इकाइ केन्द्रहरू स्थापना गरेको छ । आर्थिक रूपमा कमजाेर तथा विपन्न परिवारका नागरिकलाई गाउँपालिकाले ल्याएको कार्यक्रमले राहत पाएको बताउँछन् । गाउँको केन्द्रमा स्वास्थ्य इकाइ स्थापनाले घन्टाैं लामो बाटो हिँडेर स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता हटेको छथर-२ की सुकमाया लिम्बूले बताइन् । ‘गाउँमा औषधि नहुँदा सामान्य झापापखाला लाग्दासमेत बोकेर स्वास्थ्यचौकी जानुपर्थ्याे तरअहिले गाउँमै स्वास्थ्य केन्द्र छ हामीलाई सुविधा भएको छ,’ लिम्बूले भनिन् । गाउँगाउँमा सवारीसाधन नपुग्दा यहाँका नागरिकले कि घन्टाैं हिँडेर कि बोकेर स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।