कैलालीमा भारी बर्षा, अधिकास स्थान जलमग्न

धनगढी, २० असोज । कैलालीमा बिहीबार देखि भारी बर्षा सुरु भएको छ ।

बिहीबार दिउँसो देखि भइरहेको बर्षाका कारण धनगढी र आसपासका क्षत्र जलमग्न बनेका छन् । बर्षाका कारण प्रदेशको स्थाई राजधान धनगढी बजार क्षेत्र
जलमग्न बनेको छ । बर्षाका कारण दशैको टिका थाप्न हिडेका नागरिक समेत अलपत्र परेको छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बर्षाका कारण हाल सम्म कुनै क्षेतिको विवरण भने आएको छैन । ‘अहिले सम्म बर्षाका कारण क्षति भएको कुनै विवरण आएको छैन,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले भने, ‘अहिले सवै क्षेत्रको विवरण बुझ्न टोली परिचालन गरिएको छ ।’
जल तथा मौसम पूर्वानुमा महाशाखाका अनुसार बिहीबार देखि मनसुनी वायु सुदूरपश्चिम प्रवेस गरेको छ । जस्का कारण बिहीबार देखि शनिबार सम्म नै अधिकांस क्षेत्रमा भारी बर्षाको सम्भावना रहेको छ ।

बिहीबार राती देखि सुदूरपश्चिमका अधिकास स्थानमा मध्यम देखि भारी बर्षाको सम्भावना रहेको छ,’ मौसमविद सञ्जिव अधिकारीले भने, ‘शुक्रबार प्रदेशका धेरै स्थानमा बर्षा हुने र शनिबार अधिकांस स्थानमा बर्षा हुनका साथै केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ ।’ सुदूरपश्चिममा आगामी सोमबार सम्म नै मौसम प्रतिकुल रहने अनुमान गरिएको उनले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।